चालकहरू टचस्क्रिनबाट दिक्क हुँदै पोलस्टारले भौतिक बटनहरू फिर्ता ल्याउँदै

  • Technology Khabar | १५ जेष्ठ २०८३, शुक्रबार
चालकहरू टचस्क्रिनबाट दिक्क हुँदै पोलस्टारले भौतिक बटनहरू फिर्ता ल्याउँदै
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

कार खरीदकर्तारहरू टचस्क्रिनबाट वाक्क भएको हुनाले धेरैभन्दा धेरै निर्माताहरूले भौतिक बटनहरू फिर्ता ल्याउन गइरहेका छन्।

पोलस्टार अत्यन्तै न्यूनतम इन्टेरियरको साथ लन्च गरिएको थियो र लगभग सबै कुरा सेन्ट्रल टचस्क्रिन मार्फत नियन्त्रण (भोल्युम बटन बाहेक) गर्न सकिने सुविधा उपलब्ध गराइएको थियो।

तर अब स्विडेनी इलेक्ट्रिक सवारी ब्रान्ड यो कदमबाट पछि हटिरहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

कम्पनीले ग्राहकहरूसँग नजिकको सम्पर्क कायम राख्ने गरको र मानिसहरूले थप बटनहरू चाहेको भन्ने जस्ता एकदमै प्रत्यक्ष प्रतिक्रिया दिएको पोलस्टारका सीईओ माइकल लोहशेलरले बताएका छन्।

“ग्राहकहरू टच नियन्त्रणहरूको बारेमा धेरै खुला छन्। हामी थप बटनहरू चाहन्छौं भन्ने तिनीहरूको माग रहेका छन्। यो एकदम सरल छ। र हो, हामी बटनहरू बनाउनेछौं,” लोहशेलरले घोषणा गरे।

साथै पहिलो अपडेट अर्को वर्ष पोलस्टार ३ को ताजा संस्करणको साथ आउने उल्लेख गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार