
काठमाडौं ।
नेपालमा २०८२ फागुनसम्म ३ करोड ९६ हजार ७ सय ७६ टेलिफोन प्रयोगमा रहेका पाइएको छ। २०८२ असारसम्म यस्तो सङ्ख्या २ करोड ९७ लाख २७ हजार ९ सय १६ रहेको थियो। मोबाइल सेवाको विस्तारसँगै आधारभुत (फिक्स्ड) टेलिफोनको सङ्ख्या घट्दै गएको छ। फिक्स्ड टेलिफोनको सङ्ख्या २०८१ असारसम्म ५ लाख ९६ हजार रहेको थियो।

यीमध्ये फिक्स्ड टेलिफोनको सङ्ख्या ४ लाख १५ हजार, मोबाइल फोनको सङ्ख्या २ करोड ९६ लाख ८० हजार तथा १ हजार १६१ अन्य टेलिफोन रहेका छन्। यो सङ्ख्या २०८२ असारसम्म क्रमश: ४ लाख १३ हजार, २ करोड ९३ लाख १४ हजार र १ हजार ८८ रहेको थियो। तुलनात्मक रुपमा हेर्दा २०८२ असारदेखि २०८२ फागुनसम्म फिक्स्ड टेलिफोन २ हजार, मोबाइल ३ लाख ६६ हजार तथा अन्य फोन ७३ ले बढेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार