
काठमाडौं ।
अनरले चीनमा आफ्नो नयाँ ट्याब्लेट अनर प्याड २० अनावरण गरेको छ। अनर प्याड २० मा १२० हर्जको रिफ्रेस रेट र ३०००×१८७२ पिक्सेल रेजोल्युसन प्रदान गर्ने १२.१ इन्चको एलसीडी आईपीएस डिस्प्ले छ।
डिस्प्लेले ७०० निट्ससम्मको हाई ब्राइटनेस पनि प्रदान गर्दछ। साथै यो म्याट स्क्रिनको साथ सफ्ट लाइट संस्करणमा पनि उपलब्ध हुने बताइएको छ।
ट्याब्लेटमा स्न्यापड्रागन ७ जेन ३ चिपसेट, ८जीबी सम्म र्याम र २५६जीबी आन्तरिक स्टोरेज समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्याड २० मा ६६वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्ने ठूलो १०,१०० एमएएच ब्याट्री रहेको छ।
ट्याब्लेटमा अटोफोकसको साथ ८ मेगापिक्सेलको रियर क्यामरा र अर्को ८ मेगापिक्सेलको फ्रन्ट फेसिङ सेन्सर समावेश गरिएको छ।
अनर प्याड २० मा डुअल–माइक्रोफोनको साथ ६–स्पीकर अडियो सेटअप पनि रहेको छ। अनर प्याड २० ले एन्ड्रोइड १६–आधारित म्याजिकओएस १० चलाउँछ र धेरै मल्टिटास्किङ सुविधाहरू प्रदान गर्दछ।
कनेक्टिभिटीतर्फ ट्याब्लेटले डुअल–ब्यान्ड वाई–फाई ६, बीएलई सहितको ब्लुटुथ ५.३ र ओटीजी समर्थन सहितको यूएसबी टाइप–सी पोर्ट प्रदान गर्दछ।
अनर प्याड २० ग्रे (खैरो), ग्रिन (हरियो) र पिङ्क (गुलाबी) रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ। ट्याब्लेटको तौल ५२५ ग्राम र मोटाईमा ६.२९ एमएम रहेको छ।
ट्याब्लेटको लिङ्ग्यु संस्करणको ६जीबी/१२८जीबी भेरियन्टको मूल्य २०९९ चिनियाँ युआन (३१० अमेरिकी डलर) र ८जीबी/१२८जीबी मोडेलको मूल्य २२९९ चिनियाँ युआन (३४० अमेरिकी डलर) कायम गरिएको छ।
त्यसैगरी, सफ्ट–लाइट संस्करणको ८जीबी/१२८जीबी भेरियन्टको मूल्य २,४९९ चिनियाँ युआन (३७० अमेरिकी डलर), ८जीबी/२५६जीबी विकल्पको मूल्य २,९९९ चिनियाँ युआन (४५० अमेरिकी डलर) र १२जीबी/२५६जीबी मोडेलको मूल्य ३,३९९ चिनियाँ युआन (५०० अमेरिकी डलर) कायम गरिएको छ।
अनर प्याड २० को ८जीबी र्याम र २५६जीबी स्टोरेजको स्ट्याण्डर्ड संस्करणको मूल्य २,६९९ चिनियाँ युआन (४०० अमेरिकी डलर) छ।
प्रकाशित: १४ जेष्ठ २०८३, बिहीबार