
काठमाडौं ।
अध्ययन, अनुसन्धान र प्राविधिक क्रियाकलापमा भएको वृद्धिसँगै आर्थिक वर्ष २०८२/२०८३ मा पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रको कुल मूल्य अभिवृद्धि ३.२७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा फागुन मसान्तसम्मको लागि यस्तो प्रक्षेपण गरिएको हो।
गत आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ४.०३ प्रतिशतले बढेको थियो।
आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ०.९७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ०.९५ प्रतिशत रहने अनुमान छ। पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत ०.९८ प्रतिशत र वृद्धिदर ४.१२ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार