दधिकोटबाट विद्युतीय माईक्रोबस सेवा सञ्चालन

  • Technology Khabar | १२ जेष्ठ २०८३, मंगलवार
दधिकोटबाट विद्युतीय माईक्रोबस सेवा सञ्चालन
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

भक्तपुरको दक्षिण भेगमा रहेको दधिकोट तर्खगालबाट मध्यपुरथिमिसम्म सार्वजनिक बस सेवाका रूपमा २५ वटा विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ।

यसअघि सार्वजनिक यातायात पाउन निकै सास्ती हुँदा थिमि वा सूर्यविनायकसम्म हिँडेरै जानुपर्ने बाध्यता थियो। चखुँतीर्थ दधिकोट यातायात प्रालिले आजदेखि विद्युतीय माइक्रो बस सेवा सञ्चालनमा ल्याएको हो।

स्थानीय यात्रुहरूलाई सहज, सुलभ तथा वातावरणमैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ।

दधिकोटको तर्खगालबाट सञ्चालन भई न्यौपाने गाउँ, गाम्चा, चित्रपुर राजकुलो, बालकोट पानी ट्याङ्की, ल कलेज हुँदै थिमिसम्म पुग्ने र सोही रुट भएर फर्किने गरी सेवा सञ्चालन भएको हो।

स्थानीयवासीले लामो समयदेखि दधिकोट क्षेत्रबाट सहज र नियमित सार्वजनिक यातायात सेवाको माग गर्दै आएका थिए। कम्पनीले दधिकोटबाट ठिमी हुँदै सिधै काठमाडौँ रत्नपार्कसम्म नियमित सेवा सञ्चालनका लागि विस्तार गर्नका लागि अनुमति माग भइरहेको र अनुमति पाएलगत्तै रत्नपार्कसम्म सिधै सेवा सञ्चालन गरिने जानकारी दिएको छ । –रासस

प्रकाशित: १२ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...