रियरभ्यू क्यामरा समस्याका कारण होन्डाले लगभग ६०,००० एसयूभीहरू फिर्ता बोलायो

  • Technology Khabar | १३ जेष्ठ २०८३, बुधबार
रियरभ्यू क्यामरा समस्याका कारण होन्डाले लगभग ६०,००० एसयूभीहरू फिर्ता बोलायो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

होन्डाले रियरभ्यू क्यामराहरूमा समस्याका कारण ५९,८८७ एसयूभीहरू फिर्ता बोलाउने भएको छ।

कम्पनीको यो रिकलले २०२४ अकुरा जेडडीएक्स र २०२४–२०२५ होन्डा प्रोलोग इलेक्ट्रिक एसयूभीहरूलाई असर गर्ने बताइएको छ र यो जनरल मोटर्सको इलेक्ट्रिक सवारी साधनहरूसँग सम्बन्धित भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

होन्डाले पहिलो पटक मे २०२४ मा सम्भावित समस्याको अनुसन्धान गर्न सुरु गरेको थियो र त्यसको एक महिना पछि जनरल मोटर्ससँग सहकार्य पनि सुरु गरेको थियो।

त्यसबेलादेखि, दुबै पक्षहरूले बजार डाटा विश्लेषण गर्दै सम्भावित समस्याको निगरानी गरिरहेका छन्।

२०२६ को मे महिनाको सुरुमा होन्डाले गाडीमा सेफ्टि डिफेक्ट (सुरक्षा दोष) रहेको निर्धारण गर्दै र सेफ्टि रिकल गर्ने निर्णय गरेको उल्लेख गरिएको छ।

जापानी निर्माताले समस्यासँग सम्बन्धित २,४११ वारेन्टी दावीहरू बारे सचेत रहेको बताएको तर दोषपूर्ण क्यामराबाट हुने कुनै पनि दुर्घटना, चोटपटक वा मृत्युको बारेमा थाहा नभएको बताएको छ।

त्यसैगरी रिकल रिपोर्ट अनुसार होन्डाले क्यामरालाई सुधारिएको भागले प्रतिस्थापन गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार