‘गाउँमा इन्टरनेट र टेलिफोनको माग गर्दै संसदमा नकराउनू, दूरसञ्चार प्राधिकरण जानुहोला’ -महावीर पुन

  • Technology Khabar | १२ जेष्ठ २०८३, मंगलवार
‘गाउँमा इन्टरनेट र टेलिफोनको माग गर्दै संसदमा नकराउनू, दूरसञ्चार प्राधिकरण जानुहोला’ -महावीर पुन
सांसद पुन काठमाडौँ, १२ जेठ : सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा मन्तव्य राख्नुहुँदै सांसद महावीर पुन। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं ।

गाउँगाउँमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने माग गर्दै सांसदहरुले प्रतिनिधि सभामा नकराउन सांसद डा. महावीर पुनले आग्रह गरेका छन्।

उनले गाउँ गाउँमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउन नेपाल दूरसञ्चार प्राधिकरणमा जान सांसदहरुलाई आग्रह गरेका छन्।

आजको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै पुनले गाउँगाउँमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउन सकिने बताए। यसको लागि सरकारले रकम नभएर भन्दा पनि पैसा खर्च गर्न नसकेर नपुर्याएको भन्दै ग्रामीण दूरसञ्चार विकास कोषमार्फत सेवा पुर्याउन सकिने बताए।

“नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ। त्यसमा १६ अर्ब रुपैयाँ अहिले छ। सरकारले कुनै बजेट छुट्याउनुपर्दैन् । गाउँगाउँमा टेलिफोन लैजान र इन्टरनेट पुर्याउन त्यो रकम खर्च गरेर पुर्याउन सकिन्छ। सञ्चारमन्त्रालय मार्फत  त्यो रकम खर्च गरेर गाउँगाउँमा पुर्याउन सकिन्छ,” उनले भने।

सांसदहरुले यहाँ संसदमा कराउनुको साटो सञ्चार मन्त्रालयमार्फत सो रकम खर्च गर्नका लागि भन्नुपर्ने उनले सुझाब दिए।

प्रकाशित: १२ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार