भारतीय फूड डेलिभरी कम्पनी जोमाटोले ड्रोनमार्फत खाना डेलीभरी गर्ने

  • Technology Khabar | ३० जेष्ठ २०७६, बिहीबार
भारतीय फूड डेलिभरी कम्पनी जोमाटोले ड्रोनमार्फत खाना डेलीभरी गर्ने

काठमाडौं ।

काठमाडौं । भारतीय अनलाइन अर्डरिंग र फूड डेलिभरी प्लेटफर्म जोमाटोले खानाको प्याकेट ड्रोनमार्फत गर्ने तयारी गरेको छ । कम्पनीले हाइब्रिड ड्रोनको प्रयोग गरेर आफ्नो पहिले ड्रोन डेलिभरीको सफल परीक्षण गरेको जानकारी दिएको छ ।

सो परीक्षणमा खाद्य प्याकेट डेलीभर गर्नको लागि १० मिनेटमा पांच किलोमीटरको दूरी तय गरिएको थियो र यस समयमा अधिकतम ८० किलोमीटर प्रति घन्टा को गति हासिल गरेको थियो।

जोमाटो ले भन्यो, ‘डीजीसीएले अनुमति दिएको निकै पर रहेको स्थानहरुमध्ये एकमा पछिल्लो हफ्ता ड्रोनको परीक्षण गरियो । यस्तो प्रकारको परीक्षण अत्यधिक टाढाको इलाका गर्ने गरिन्छ । जसमा विशेष रूप देखिने यस प्रकारको परीक्षण को लागि नै डिजाइन गरिएको हुन्छ ।’

तथापि, फूड एग्रीगेटरले सो स्थानको जानकारी दिएको छैन जहाँ ड्रोनले प्याकेट डेलीभर गरेको थियो। भारतीय नागरिक विमान महानिर्देशक (डीजीसीए) को तर्फबाट मे १३ मा जारी सूचनाअनुसार, इच्छुक कम्पनीहरु लाई रिमोटली पोलोटेड विमान प्रणाली (आरपीएएस) र मानव रहित विमान प्रणाली (यूएएस) को एक्स्पेरिमेटल बियन्ड विजुअल लाइन ऑफ साइट अपरेशन (बीवीएलओएस) संचालन को लागि एक्सप्रेशन अफ इन्ट्रेस्ट दर्ता गर्न भनेको थियो ।

जोमाटोका संस्थापक तथा मुख्य कार्यकारी अधिकारी दीपांदर गोयलले भने, ‘खानेकुरा डेलीभरी को औसत ३० मिनेटलाई १५ मिनेटमा झार्नको लागि हवाई मार्गको सहारा नै एक मात्र संभव बाटो हो । सडकहरु तिब्र डेलीभरीको लागि उपयुक्त छैनन् ।’

ड्रोन द्वारा खानेकुरा डेलीभर अब केवल एक सपना मात्र होईन प्रविधि उडान भर्नको लागि तयार छ र ड्रोन डेलीभरी छिटै सामान्य विषय हुने उनले बताए ।

जोमेटोको हाइब्रिड ड्रोनले पांच किलोग्राम को तौल डेलीभरी गरेको थियो जून पुरै स्वचालित थियो।

प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bagamati Province allocates budget for journalists’ engagement in SSF

  • Technology Khabar
  • ३० जेष्ठ २०७६, बिहीबार