सामसङ पेटेन्टले मुभेबल क्यामरा मोड्युल भएको रोलेबल फोनको संकेत गर्यो

  • Technology Khabar | ९ जेष्ठ २०८३, शनिबार
सामसङ पेटेन्टले मुभेबल क्यामरा मोड्युल भएको रोलेबल फोनको संकेत गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

फोल्डेबल स्मार्टफोनमा आफूलाई अग्रजको रूपमा स्थापित गरेपछि सामसङले अब रोलेबल (रोल गर्न मिल्ने) डिस्प्ले स्मार्टफोनको अन्वेषण गर्न सक्ने खबर बाहिरिएको छ। भर्खरै पत्ता लागेको पेटेन्ट फाइलिङमा रोलेबल डिस्प्लेको बारेमा गरिएको बताइएको छ।

वेयरभ्यूले पत्ता लगाएको पेटेन्टले रोलेबल (रोल गर्न मिल्ने) स्क्रिन र विस्तारित डिस्प्लेसँगै सर्ने मुभेबल रियर क्यामरा मोड्युल भएको फोनको उल्लेख गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

पेटेन्ट फाइलिङका स्केचहरूका साथै वेयरभ्यूले तयार पारेको रेन्डरहरूको आधारमा डिभाइसले क्यामरा मोड्युल समायोजन गर्न पछाडिको प्यानलमा कटआउट फिचर गरेको देखिन्छ।

डिस्प्लेलाई मुख्य चेसिसमा राखिएको हुनाले डिभाइस ग्यालेक्सी एस२६ अल्ट्रा जस्तै परम्परागत फोन जस्तो देखिने बताइएको छ। साथै स्क्रिन पूर्ण रूपमा विस्तार भएपछि डिभाइसले ग्यालेक्सी जेड फोल्ड७ जस्तो देखिने फर्म फ्याक्टरको नजिक पुगेको उल्लेख गरिएको छ।

त्यसैगरी डिभाइसले डिस्प्ले साइज (आकार) मा हुने परिवर्तनहरू, क्यामरा र एन्टेना स्थितिहरूको सिफ्ट (परिवर्तनहरू), र मुभिङ स्क्रिनको कारणले गर्दा ङुने अन्य हार्डवेयर समायोजनहरू पत्ता लगाउन सक्षम सेन्सरहरू समावेश गर्न सक्ने पेटेन्टले थप उल्लेख गरेको छ।

सामसङले २०२३ मा रोलेबल ओएलईडी डिस्प्ले प्रोटोटाइप प्रदर्शन गरेको थियो भने त्यसअघि २०२१ मा रोल र फोल्ड दुवै गर्न मिल्ने डिस्प्ले भएको डिभाइसको लागि पेटेन्ट दायर गरेको थियो।

धेरैजस्तो पेटेन्टहरू जस्तै यो अवधारणा बजारमा आउने कुनै ग्यारेन्टी नभएको उल्लेख गरिएको छ। तैपनि हालको यो फाइलिङले सामसङले पनि सम्भवतः मोटो रेजर अवधारणा र टेक्नोको फ्यान्टम अल्टिमेट अवधारणा जस्ता डिभाइसहरूको लाइनमा आफ्नो रोलेबल स्मार्टफोनको विचारको अन्वेषण गर्न जारी राखेको सुझाव दिएको छ।

प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार