आईफोन १९ प्रो प्रोटोटाइपहरू क्वाड–कर्भ स्क्रिनहरूका साथ परीक्षण गरिँदै

  • Technology Khabar | ९ जेष्ठ २०८३, शनिबार
आईफोन १९ प्रो प्रोटोटाइपहरू क्वाड–कर्भ स्क्रिनहरूका साथ परीक्षण गरिँदै

काठमाडौं ।

एप्पलको आईफोन १९ प्रो र आईफोन १९ प्रो म्याक्स प्रोटोटाइपहरूमा हाल क्वाड–कर्भ स्क्रिनहरूको परीक्षण भइरहेको नयाँ अफवाह वेबोमा देखा परेको छ। यो नयाँ अफवाह प्रख्यात चिनियाँ लीकर डिजिटल च्याट स्टेशनबाट आएको हो।

गत अप्रिलमा एप्पलको २०२७ प्रो सिरिजमा क्वाड–कर्भ प्यानलहरू प्रयोग गरिने अफवाह पहिलो पटक बाहिरिएको थियो। यस्तो प्रकारको प्यानलहरू सुरुमा चिनियाँ एन्ड्रोइड स्मार्टफोन निर्माताहरू माझ लोकप्रिय थिए र त्यसपछि ती सबै चिनियाँ निर्माताले एप्पलको नक्कल गर्दै फ्ल्याट प्यानलहरु अपनाउन निर्णय गरेका थिए। त्यसैले अब २०२७ को उत्तरार्ध र २०२८ मा एन्ड्रोइड फ्ल्यागशिपहरू पुनः क्वाड–कर्भ प्यानलहरूको साथ आगमन गर्ने अपेक्षा गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

२०२७ मा एप्पलले २००७ को जनवरीमा घोषणा गरिएको र सोही वर्ष जुनमा बिक्रीमा आएको मूल आईफोनको २० औं वार्षिकोत्सव मनाउँदै छ। यही कारणले गर्दा कम्पनीले अब आईफोन १९ प्रो र आईफोन १९ प्रो म्याक्सको नाम परिवर्तन गर्दै डिभाइसहरुलाई अर्कै नाम दिन सक्ने बताइएको छ। तर नामकरणमा भने अहिलेसम्म केही निर्णय भएको नदेखिएको (वा कम्तिमा निर्णय अझै लीक भएको छैन) उल्लेख गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...