
काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय पर्साले विद्युतीय अपराध सम्बन्धिको कसूरमा दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ।
प्रहरी कार्यालयले प्रेस विज्ञप्तिमार्फत विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमको अभिव्यक्तिहरू दिने क्रममा सार्वजनि नैतिकता, शिष्टाचार विरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाती र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने काम गरेको आरोप लगाएको छ।
यसैगरी नेपाल सरकार वा सरकारको काम कारवाहीको सम्बन्धमा कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाइ नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्ने गरी विभिन्न किसिमको अमर्यादित तथा अस्वस्थ्य आलोचनात्मक अभिव्यक्तिहरू दिएको बताएको छ।
पर्सा प्रहरीले २०८३ जेठ ४ गते वीरगञ्ज सिद्धार्थ दियालो होटलबाट प्रसाईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिइ निज उपर विधुतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र राज्य विरुद्धको कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन- ३ ( तीन ) म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान कार्य भैरहेको जनाएको छ।
यसैबिच, विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई अनुमति दिएको छ । पर्सा प्रहरीले सोमबार राति संयोजक प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो ।
प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार