स्पेसएक्सले जून १२ मा आईपीओ निष्कासन गर्ने योजना बनाइरहेको रिपोर्ट, ८० अर्ब डलरसम्म उठाउन सक्ने

  • Technology Khabar | ५ जेष्ठ २०८३, मंगलवार
स्पेसएक्सले जून १२ मा आईपीओ निष्कासन गर्ने योजना बनाइरहेको रिपोर्ट, ८० अर्ब डलरसम्म उठाउन सक्ने

काठमाडौं ।

इलन मस्कको रकेट तथा अन्तरिक्ष कम्पनी स्पेसएक्सले जून १२ मा सार्वजनिक हुने लक्ष्य राखेको यस विषयमा जानकार व्यक्तिहरूलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।

रिपोर्ट अनुसार, भूउपग्रह र एआई कम्पनीले अमेरिकाको नास्ड्याक स्टक बजारमा आफ्नो शेयर सूचीबद्ध गर्ने अपेक्षा गरिएको छ।

आईपीओले ८० अर्ब अमेरिकी डलरसम्म उठाउन सक्छ जुन अहिलेसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव हुने अपेक्षा गरिएको छ।

रोयटर्स र द वाल स्ट्रिट जर्नलका हालैका वित्तीय रिपोर्टहरूले अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) द्वारा अपेक्षा गरिएको भन्दा छिटो समीक्षाको कारण कम्पनीले आफ्नो प्रारम्भिक समयरेखालाई तीव्र बनाएको संकेत गर्दछ।

यदि सफल भएमा, यो ‘ब्लकबस्टर मार्केट डेब्यू’ इतिहासको सबैभन्दा ठूलो आईपीओ बन्ने तयारीमा छ।

यसले ७५ देखि ८० अर्ब बजारबाट उठाएको अवस्थामा यसको बजार मूल्य १.७५ ट्रिलियनदेखि २ ट्रिलियन डलरको बीचमा हुने अनुमान गरिएको छ।

यसअघि बजारमा साउदी अरामकोले सन् २०१९ मा २५.६ बिलियन डलर उठाएर रेकर्ड बनाएको थियो।

प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Tech Roadshow USA 2026 concludes

  • Technology Khabar
  • ५ जेष्ठ २०८३, मंगलवार