ह्वाट्सएपले आईओएसमा भ्यू–वान्स डिस्अपियरिङ मेसेजेज सुविधाको परीक्षण गर्दै

  • Technology Khabar | ५ जेष्ठ २०८३, मंगलवार
ह्वाट्सएपले आईओएसमा भ्यू–वान्स डिस्अपियरिङ मेसेजेज सुविधाको परीक्षण गर्दै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ह्वाट्सएपले गत महिनादेखि आफ्नो एन्ड्रोइड एपमा भ्यू–वान्स डिस्यापियरिङ म्यासेजेज (गायब हुने सन्देश) सुविधाको परीक्षण गरिरहेको छ। साथै अब कम्पनीले यो सुविधा आईओएसमा पनि परीक्षण गरिरहेको सुन्नमा आएको छ।

डब्ल्यूएबीटाइन्फोका व्यक्तिहरूले आईओएसको लागि व्हाट्सएपको बीटा संस्करण २६.१९.१०.७२ मा यो भ्यू–वान्स डिस्अपियरिङ मेसेजेज (गायब हुने सन्देश) सुविधा देखेको खुलासा गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यो सुविधा डिफल्ट म्यासेज टाइमर म्यासेज टाइमर मेनुमा “आफ्टर रिडिङ” विकल्प मार्फत सक्षम गर्न सकिने छ। आईओएसमा यो सुविधाले सन्देश पठाउने व्यक्ति (सेण्डर) लाई ५ मिनेट, १ घण्टा वा २ घण्टाको लागि काउन्टडाउन टाइमर सेट गर्न अनुमति दिनेछ भने त्यस पछि उनीहरूले पठाएको सन्देश(हरू) सन्देश पाउने व्यक्तिले पढेमा स्वतः गायब हुनेछ। यदि सन्देश नपढेको अवस्थामा भने यो २४ घण्टा पछि स्वचालित रूपमा गायब हुनेछ।

सन्देश पठाउने व्यक्ति (सेण्डर) को डिभाइसमा चयन गरिएको अवधि पछि सन्देश स्वचालित रूपमा मेटाइने उल्लेख गरिएको छ। उदाहरणका लागि, यदि सन्देश पठाउने व्यक्ति (सेण्डर) ले बिहान १० बजे “आफ्टर रिडिङ” अवधि ५ मिनेटमा सेट गरेर सन्देश पठाएको खण्डमा उक्त सन्देश सन्देश पठाउने व्यक्ति (सेण्डर) को डिभाइसबाट बिहान १०ः०५ बजे स्वतः गायब हुनेछ।

सन्देश प्राप्त गर्ने व्यक्तिको तर्फमा भने यदि सन्देश बिहान १०ः१० बजे पढिएको छ भने उक्त सन्देश बिहान १०ः१५ बजे स्वतः गायब हुनेछ। यदि सन्देश नपढिएको अवस्थाकमा रहेको खण्डमा भने त्यो सन्देश अर्को दिन बिहान १० बजे उनीहरूको डिभाइसबाट स्वतः मेटिनेछ।

यो सुविधा आईओएसमा केही व्हाट्सएप बिटा प्रयोगकर्ताहरूको लागि उपलब्ध भएको तर व्हाट्सएपले त्यसलाई एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरूको लागि सार्वजनिक रूपमा कहिले जारी गर्नेछ भन्ने बारेमा स्पष्ट नभएको डब्ल्यूएबीटाइन्फोले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार