युनिट्रीले प्रस्तुत गर्यो विशाल रोबोट

  • Technology Khabar | ४ जेष्ठ २०८३, सोमबार
युनिट्रीले प्रस्तुत गर्यो विशाल रोबोट
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

चिनियाँ रोबोटिक्स कम्पनी युनिट्रीले जीडी०१ नामक विशाल रोबोट अनावरण गरेको छ। यो विशाल मेका भित्रबाट पाइलट गर्न सकिने हिसाबले डिजाइन गरिएको र बृहत उत्पादनको लागि तयारि अवस्थामा रहेको पहिलो यस्तो प्रकारको भेहिकल भएको बताइएको छ।

यो रूपान्तरणकारी रोबोटको तौल लगभग ५०० किलोग्राम रहेको छ भने रोबोटको भित्र एक व्यक्ति अटाउने ठाँउ रहेको उल्लेख गरिएको छ। साथै रोबोटको लागत लगभग ३.९ मिलियन युआन (लगभग ६५०,००० अमेरिकी डलर) रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

पहिलो झलकमा, यो रोबोट एक साइन्स–फिक्सन–फिल्मको रोबोट जस्तो देखिने र ककपिटमा पाइलट बस्न मिल्ने ठाँउका साथै दुई खुट्टा र चार दुवैमा हिँड्ने क्षमता रहेको उल्लेख गरिएको छ।

जीडी०१ ले हिँड्ने क्रममा आकार परिवर्तन गर्न सक्नुका साथै कडा जमिनमा बढी स्थिरताको लागि ह्युमनोइड स्थितिबाट क्वाड क्वाड्रोपल तवरमा परिवर्तन हुन सक्ने कम्पनीले बताएको छ।

रोबोटले हिँड्ने, रूपान्तरण गर्ने र इँटाको पर्खाल ढलाउने जस्तो कार्यहरु प्रदर्शन गरेको बताइएको छ। यो जीडी०१ नामक ठूलो रोबोटिक प्लेटफर्म भित्र मानिस प्रवेश गरेर रोबोटलाई क्याबिनबाट नियन्त्रण गर्ने र रोबोटले विस्तारित मेकानिकल शरीरको रूपमा काम गर्ने बताइएको छ।

कम्पनीले यो रोबोटलाई नागरिक र गैर–सैन्य उपकरणको रूपमा वर्णन गरेको छ भने धेरै प्राविधिक विवरणहरू हाल उपलब्ध नभएको उल्लेख गरिएको छ।

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...