विद्यार्थीलाई लक्षित गर्दै नियो स्टोरको “ब्याक टु स्कुल” अफर

  • Technology Khabar | ४ जेष्ठ २०८३, सोमबार
विद्यार्थीलाई लक्षित गर्दै नियो स्टोरको “ब्याक टु स्कुल” अफर

काठमाडौं ।

नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै “ब्याक टु स्कुल” अफर सञ्चालनमा ल्याएको छ। विद्यार्थीहरुको आवश्यकतालाई ध्यानमा राख्दै नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै “ब्याक टु स्कुल” नामक अफर सञ्चालनमा ल्याएको हो।

कम्पनीका अनुसार यस अफर अन्तर्गत विद्यार्थीले आफ्नो विद्यार्थी परिचयपत्र कार्ड देखाएर विशेष छुट तथा अफर प्राप्त गर्नेछन्। साथै, ल्यापटप लगायतका अन्य डिभाइस खरिद गर्दा आवश्यक एक्सेसरिज पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। अफरमा ब्याग, हेडफोन, स्मार्टवाच लगायतका सामग्री समावेश छन्।

यतीमात्रै नभई विद्यार्थीले आफूसँग भएको पुरानो डिभाइससँग नयाँ डिभाइस एक्स्चेन्ज समेत गर्न पाउनेछन्। यसरी एक्स्चेन्ज गर्दा विद्यार्थीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको सुविधामा समेत यस्ता डिभाइस खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

यसरी खरिद गरिएका डिभाइसमा १ वर्षको बिमा तथा २ वर्षको वारेन्टी समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...