नियमविपरीत ‘राइड सेयरिङ’ गरेकालगायत चालकबाट ट्राफिक प्रहरीले सङ्कलन गर्यो १९ लाख ९५ हजार राजस्व

  • Technology Khabar | २ जेष्ठ २०८३, शनिबार
नियमविपरीत ‘राइड सेयरिङ’ गरेकालगायत चालकबाट ट्राफिक प्रहरीले सङ्कलन गर्यो १९ लाख ९५ हजार राजस्व
सांकेतिक फाइल तस्बिर। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँच गर्दै। तस्विरः रासस।

काठमाडौं ।

बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८६ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १४२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो ।

प्रकाशित: २ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

AED installed at Bishal Bazar to strengthen community emergency response

  • Technology Khabar
  • २ जेष्ठ २०८३, शनिबार