
काठमाडौं ।
सरकारले अन्तरसंचालन सक्षम डाटावेस विकास गर्ने भएको छ। यसैगरी अन्तर आवद्ध प्रणालीमा आधारित ई-गभर्नेन्स प्रणाली विकास गरिने भएको छ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे घोषणा गरेका हुन्।
उनले न्यूनतम १०० सरकारी सेवाहरुलाई एकीकृतरुपमा नागरिक एपमा उपलब्ध गराईने र त्यसको अनुगमनका लागि स्वचालित प्रणाली बनाईने घोषणा गरे।
उनले राष्ट्रिय परिचय पत्रलाई अन्तरआबद्धता गर्दै स्वास्थ्य, शिक्षा, बैकिङ्ग प्रणालीमा जोडिने बताए।
प्रकाशित: २८ बैशाख २०८३, सोमबार