
काठमाडौं ।
तोशिबाले भारतमा सुधारिएको भिजुअल, साउण्ड (ध्वनि) र गेमिङ पर्फर्मेन्समा केन्द्रित नयाँ टेलिभिजन लाइनअपको घोषणा गरेको छ।
भारतको मिनी एलईडी खण्डमा ब्रान्डको प्रवेशको रुपमा प्रस्तुत गरिएको जेड६७०एसपी सिरिजमा धेरै स्क्रिन साइज विकल्पहरू र अपडेट प्रोसेसिङ सुविधाहरू समावेश गरिएको छ।
सिरिजका मुख्य विशेषताहरूः
तोशिबा जेड६७०एसपी सिरिज ५५–इन्च, ६५–इन्च, ७५–इन्च, ८५–इन्च र १००–इन्च साइजमा उपलब्ध हुने बताइएको छ। जेड६७०एसपी सिरिजको एउटा प्रमुख आकर्षणको रुपमा रहेको नेटिभ १४४हर्ज रिफ्रेस रेट प्यानलले विशेष गरी खेलकुद र गेमिङ कन्टेन्टको लागि स्मूथ मोसन प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ।
त्यसैगरी टीभीहरू हेरिएको कुराको आधारमा रियल टाइम (वास्तविक समयमा) पिक्चर र अडियो सेटिङहरू समायोजन गर्ने एआई–संचालित प्रणालीको रुपमा आरईजीजेडए इन्टेलिजेन्ससँग पनि सुसज्जित छन्।
भिजुअलहरूको लागि, जेड६७०एसपी सिरिज क्यूएलईडी कलर प्रविधिसँग कम्बाइन गरिएको मिनी एलईडी ब्याकलाइटिङमा निर्भर गर्दछ र त्यसले ब्राइटनेस कन्ट्रोल (चमक नियन्त्रण), कन्ट्रास्टका साथै कलर आउटपुट सुधार गर्न मद्दत गर्दछ।
आरईजीजेडए इन्जिन जेडआरआईले विभिन्न प्रकारका कन्टेण्ट (सामग्री) हरूमा एकनासको पर्फर्मेन्स (प्रदर्शन) सुनिश्चित गर्दै अपस्केलिङ र क्लियारिटी ङनह्यास्मेण्ट (स्पष्टता वृद्धि) जस्ता ईमेज प्रोसेसिङ कार्यहरूलाई शक्ति दिन्छ। डल्बी भिजनको लागि समर्थनले ब्राइट (उज्यालो) र डार्क (अँध्यारो) दुवै दृश्यहरूमा राम्रो विवरणको साथ एचडीआर प्लेब्याकलाई अझ वृद्धि गर्ने उल्लेख गरिएको छ।
अडियो तर्फ, फ्रण्ट–फायरिङ स्पिकरहरू दर्शकतर्फ ध्वनि निर्देशित गर्न डिजाइन गरिएको छ। यो सेटअपले सन्तुलित र स्पष्ट आउटपुट कायम राख्न आरईजीजेडए पावर अडियोप्लस र आइलेक्स प्रिज्म प्रविधिसँगै काम गर्छ।
साथै डल्बी एटमस समर्थनले थप इमर्सिभ साउण्ड अनुभव थप गरेको छ। टीभीहरूमा समावेश गरिएको गेम मोड प्रोले इनपुट ल्याग कम गर्छ र जडान गरिएका कन्सोलहरू र गेमिङ सेटअपहरूको लागि प्रतिक्रियाशीलता सुधार गर्दछ।
मूल्य र उपलब्धताः
तोशिबा जेड६७०एसपी शिरिजको मूल्य ६४,९९० भारतीय रुपैयाँ (७०० अमेरिकी डलर) बाट सुरु हुन्छ भने यो रिलायन्स डिजिटल, अमेजन इन्डिया र फ्लिपकार्ट मार्फत अफलाइन रिटेल आउटलेटहरूसँगै उपलब्ध हुनेछ।
खरीकर्ताहरूले १०,००० भारतीय रुपैयाँ सम्मको क्यासब्याक, शून्य डाउन पेमेन्ट विकल्पहरू र दुई वर्षको व्यापक वारेन्टी जस्ता लन्च अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।
भारतमा तोशिबा टीभीहरू हाइसेन्स इन्डिया प्रा. लि. द्वारा उत्पादन, बिक्री र समर्थित रहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ८ बैशाख २०८३, मंगलवार