टेस्लाले किन बन्द गर्यो मोडेल एस र एक्स?

  • Technology Khabar | ८ बैशाख २०८३, मंगलवार
टेस्लाले किन बन्द गर्यो मोडेल एस र एक्स?

काठमाडौं ।

यो वर्षको सुरुमा टेस्लाले आफ्नो मोडेल एस र मोडेल एक्स गरी दुवै मोडेलको उत्पादन बन्द गर्ने योजनाको घोषणा गरेको थियो। साथै कम्पनीको योजना रोबोट उत्पादन बढाउनमा ध्यान केन्द्रित गर्नु भएको उल्लेख गरिएको छ।

यद्यपि ती दुई मोडेलहरू सेवानिवृत्त हुनुभन्दा पहिले टेस्लाले प्रत्येकको लिमिटेड एडिशन भर्सन उत्पादन गर्ने योजना बनाएको र त्यसलाई कम्पनीले सिग्नेचर सिरिज भन्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

टेस्लाले पहिले नै मूल्य बढाइसकेको कुरा विचार गर्दा तिनीहरू सस्तो हुने सम्भवना नभएको उल्लेख गरिएको छ।

यी अन्तिम सीमित संस्करण मोडेलहरूमा अद्वितीय सिग्नेचर सिरिज स्टाइलिङ तत्वहरू हुने रिपोर्टहरूले सुझाव दिएका छन् भने तिनीहरुमा सुनको बाहिरी प्रतीकहरू पनि हुने उल्लेख गरिएको छ।

भित्र, इन्सट्रुमेण्ट प्यानलमा एउटा प्लेक पनि हुनेछ र त्यसले गाडीको सीमित उत्पादन श्रृंखला नम्बर देखाउनेछ। टेस्लाले मोडेल एसको २५० प्रति र मोडेल एक्सको केवल १०० प्रति उत्पादन गर्नेछ।

साथै सीमित उत्पादन श्रृंखला नम्बर भएको मोडेल एस र मोडेल एक्स खरिद गर्ने आशामा रहेकाहरुले टेस्लाबाट निमन्त्रणा प्राप्त गर्नु पर्नेछ।

प्रकाशित: ८ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार