विश्वव्यापी स्मार्टफोन ढुवानीमा ४ प्रतिशत कमी, पहिलो त्रैमासमा सबै निर्माताहरूलाई उछिन्दै सामसङको अग्रताः आईडीसी

  • Technology Khabar | ४ बैशाख २०८३, शुक्रबार
विश्वव्यापी स्मार्टफोन ढुवानीमा ४ प्रतिशत कमी, पहिलो त्रैमासमा सबै निर्माताहरूलाई उछिन्दै सामसङको अग्रताः आईडीसी

काठमाडौं ।

इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) ले २०२६ को पहिलो त्रैमासिकको लागि आफ्नो प्रारम्भिक विश्वव्यापी स्मार्टफोन ढुवानी प्रतिवेदन जारी गरेको छ। यो तथ्याङ्कले माग घट्दै गएको देखाएको छ।

२०२६ को पहिलो तीन महिनामा कुल २८ करोड ९७ लाख डिभाइसहरू ढुवानी गरिएको र यो गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशत गिरावट आएको देखिएको छ।

मुख्यतया “तीव्र मेमोरी आपूर्ति अवरोधहरू” ले ढुवानी र माग दुवैलाई असर गर्दा २०२६ को पहिलो तीन महिनामा देखिएको यो गिरावट अब २०२३ पछिको नकारात्मक वृद्धिको पहिलो त्रैमासिक भएको बताइएको छ।

आईडीसी विश्लेषकहरूले सामग्रीको लागत बढेकोले सामसङ जस्ता केही निर्माताहरूलाई मूल्य वृद्धिको सहारा लिन बाध्य पारेको उल्लेख गरेका छन्।

सामसङले यो अवधिमा अनुमानित ६२.८ मिलियन ढुवानी र २१.७ प्रतिशत बजार हिस्साको साथ डिभाइस ढुवानीको सन्दर्भमा अग्रणी ब्रान्ड बन्न सफल भएको छ

आईडीसी विश्लेषकहरूले ग्यालेक्सी ए३६७ र ए५७ को पहिलेको लन्चसँगै ग्यालेक्सी ए२६ अल्ट्राको लागि बलियो मागका कारण यो नतिजा आएको र तिनीहरु वर्षभरि ब्रान्डको लागि  वृद्धिका प्रमुख कारक हुने अपेक्षा गरेका छन्।

एप्पल ६१.१ मिलियन ढुवानी र १९.६ प्रतिशत बजार हिस्साको साथ दोस्रो स्थानमा रहेको छ। आईफोन १७ शृङ्खलाले उपभोक्ताको ध्यान तान्न जारी राखेको छ र चीनमा उल्लेखनीय वृद्धि देखिएको छ। साथै ढुवानी र बजार हिस्साको हिसाबले सकारात्मक वृद्धि हासिल गर्ने शीर्ष पाँच ब्रान्डहरूमा एप्पल र सामसङ मात्र छन्।

शाओमी ३३.८ मिलियन ढुवानी (२०२५ को पहिलो त्रैमासिक भन्दा ८ मिलियन कम) र ११.७ प्रतिशत बजार हिस्साको साथ तेस्रो स्थानमा रहेको छ। त्यसैगरी ओप्पो ३०.७ मिलियन ढुवानी र १० प्रतिशत बजार हिस्साको साथ चौथो स्थानमा रहेको छ भने भिभोले २१.२ मिलियन ढुवानी र विश्वव्यापी बजारको ७.५ प्रतिशत हिस्साको साथ पाँचौं स्थानमा रहेर सूचीलाई पूर्णता दिएको छ।

आईडीसी विश्लेषकहरूले चलिरहेको मेमोरी चिप संकटले औसत बिक्री मूल्यहरू (एएसपीहरु) लाई निरन्तर धक्का दिने भएकाले अगामी दिनहरुमा स्मार्टफोन बजारको लागि अशान्त महिनाहरूको भविष्यवाणी गरेका छन्।

अमेरिका जस्ता विकसित बजारहरू मूल्य वृद्धिको लागि कम संवेदनशील हुनेछन् र २०० अमेरिकी डलर भन्दा कम मूल्य खण्डका डिभाइसहरूमा ध्यान केन्द्रित गर्ने उदीयमान बजारहरूले मागमा कमी देख्ने सम्भावना रहेको छ। २०२७ को दोस्रो भागमा मेमोरीको मूल्य स्थिर हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार