ह्वावे पुस्तालाई पछाडि पार्दै टीएसएमसीद्वारा स्मार्टफोन प्रोसेसरहरूमा ५ गीगाहर्ज गति हासिल

  • Technology Khabar | २ बैशाख २०८३, बुधबार
ह्वावे पुस्तालाई पछाडि पार्दै टीएसएमसीद्वारा स्मार्टफोन प्रोसेसरहरूमा ५ गीगाहर्ज गति हासिल

काठमाडौं ।

टीएसएमसीको उन्नत नोडहरूले स्मार्टफोन चिपसेटहरूलाई ५गिगाहर्ज सम्मको क्लक स्पीड (गति) मा पुग्न सघाउने भएको छ। क्वालकम, मिडियाटेक र एप्पल जस्ता कम्पनीहरूले पहिले नै टीएसएमसीको अत्याधुनिक प्रविधिहरूबाट धेरै फाइदा लिइरहेका छन्।

यो वर्षको उत्तरार्धमा अब इतिहासमा पहिलो पटक ५गिगाहर्ज सम्मको पीक क्लक स्पीड (गति)मा पुग्ने नयाँ चिपहरू देख्न पाइने भएको छ। साथै नयाँ चिपहरूको गतिले ह्वावेसँगको प्रतिस्पर्धा थप प्रतिस्पर्धात्मक बनाउने छ।

पछिल्ला वर्षहरुमा क्वालकम, मिडियाटेक र एप्पलले उत्कृष्ट पर्फर्मेन्सको साथ शक्तिशाली चिपहरू प्रदान गर्न बलियो रूपमा अघि बढि रहेका छन् भने टीएसएमसी त्यसको केन्द्रमा रहेको छ। तलको चार्ट (कुर्नाल द्वारा साझा गरिएको) ले कसरी यी कम्पनीहरूले बिस्तारै पीक क्लक गति बढाएका छन् र अब ५.०गिगाहर्ज अंक तिर धकेल्दैछ भनेर देखाउँछ।क्वालकमको पछिल्लो फ्ल्यागशिप स्न्यापड्रागन ८ एलिट जेन ५ पहिले नै ४.६१गिगाहर्जको पीक स्पीड (गति) मा पुग्न सक्छ र आगामी स्न्यापड्रागन ८ एलिट जेन ६ प्रो ५.०गिगाहर्ज पुग्ने भनिएको छ।

मिडियाटेकको डाइमेन्सिटी ९६०० प्रोले डाइमेन्सिटी ९५०० को ४.२१गिगाहर्जको पीक क्लक स्पीड पछ्याउँदै यस्तै उपलब्धि हासिल गर्ने रिपोर्ट गरिएको छ। यो वृद्धिले एसओसीहरूलाई सिङ्गल–थ्रेडेड र मल्टि–थ्रेडेड वर्कलोड (कार्यभार) दुवैमा प्रमुख सुधारहरू प्रदान गर्न सक्षम बनाउनेछ।

अर्कोतर्फ ह्वावेको किरिन चिपसेटहरू क्वालकम, मिडियाटेक र एप्पलले प्रदान गर्ने पर्फर्मेन्स (प्रदर्शन) र इफिसियण्ट (दक्षता) को नजिक पनि नपुगेको बताइएको छ। माथिको ग्राफमा देखिएको ह्वावेको गिरावट अमेरिकी व्यापार प्रतिबन्धहरूको कारणले भएको र त्यसले कम्पनीलाई टीएसएमसीसँग व्यापार गर्न प्रतिबन्ध लगाएको थियो।

ह्वावेसँग चीनको एसएमआईसी सुविधा प्रयोग गर्नु बाहेक अर्को विकल्प नभएको र यो अझै पनि टीएसएमसी भन्दा पुस्ता पछि परेको बताइएको छ। अझै पनि एसएमआईसी ५एनएम प्रक्रियामा नै सीमित रहेको र यो सबैभन्दा उन्नत ईयूभी (एक्स्ट्रीम अल्ट्राभायोलेट) लिथोग्राफी मेसिनहरू प्रयोग गर्नबाट प्रतिबन्धित रहेको छ।

ह्वावेको पछिल्लो चिप किरिन ९०३० प्रो, ३.०गिगाहर्ज अंक पार गरेको छैन। आजको परिस्थिति हेर्दा, ह्वावे अझै पनि क्वालकम, मिडियाटेक र एप्पलसँग प्रतिस्पर्धा गर्न धेरै पछाडि रहेको र फाउन्ड्री साझेदार भिन्नता भएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार