जेमिनीले अन्तरक्रियात्मक सिमुलेशनहरू सिर्जना गर्ने क्षमता प्राप्त गर्यो

  • Technology Khabar | १ बैशाख २०८३, मंगलवार
जेमिनीले अन्तरक्रियात्मक सिमुलेशनहरू सिर्जना गर्ने क्षमता प्राप्त गर्यो

काठमाडौं ।

पछिल्लो जेमिनी सुविधाले गुगलको एआईलाई अन्तरक्रियात्मक सिमुलेशनहरू र मोडेलहरू उत्पन्न गर्न दिने भएको छ। जेमिनीले अब प्रयोकर्ताका प्रश्नहरू र जटिल विषयहरूलाई सिधै च्याट भित्र कस्टम भिजुअलाइजेसन्समा रूपान्तरण गर्न सक्ने उल्लेख गरिएको छ।

विगतमा जेमिनीले प्रायः स्ट्याटिक डायग्राम्स (स्थिर रेखाचित्रहरू) सहित टेक्स्टको साथ त्यस्ता प्रश्नहरूको जवाफ दिने गर्थ्यो। अब जेमिनीले प्रदान गरेको फङ्गसनल (कार्यात्मक) सिमुलेशनहरूले प्रयोकर्तालाई विषयलाई राम्रोसँग बुझ्न मद्दत गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

गुगलले दिएको उदाहरणहरूमा “रोटेटिङ मोलिक्यूलर (अणु घुमाउने) वा जटिल भौतिक प्रणालीको नक्कल गर्ने”, वा “चन्द्रमाले पृथ्वीको परिक्रमा कसरी गर्छ भनेर अन्वेषण गर्ने” जस्तो कुराहरु समावेश छन्। विशिष्ट भेराइबल्सहरूले सिमुलेशनलाई कसरी असर गर्छ भनेर हेर्नको लागि प्रयोकर्ताले म्यानुअल रूपमा विकल्पहरू समायोजन गर्न सक्नेछन्।

यो सुविधा अब विश्वव्यापी रूपमा सबै जेमिनी प्रयोगकर्ताहरूमा रोल आउट हुँदैछ (तर शिक्षा र कार्यक्षेत्र खाताहरूको लागि अझै छैन)। यो सुविधालाई प्रयोग गर्न, प्रयोगकर्ताले प्रो मोडेल चयन गर्न आवश्यक छ। एकचोटि चयन गरिसके पछि प्रयोगकर्ताले जेमिनीलाई देखाउन वा जटिल अवधारणा कल्पना गर्न मद्दत गर्न अनुरोध गर्न सक्नेछन्।

प्रकाशित: १ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • १ बैशाख २०८३, मंगलवार

DipArtha hosts interaction program

  • १ बैशाख २०८३, मंगलवार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • १ बैशाख २०८३, मंगलवार

Two hundred thousand online betting apps closed

  • १ बैशाख २०८३, मंगलवार