आईओएस २६.५ को पहिलो सार्वजनिक बीटा जारी

  • Technology Khabar | २३ चैत्र २०८२, सोमबार
आईओएस २६.५ को पहिलो सार्वजनिक बीटा जारी

काठमाडौं ।

एप्पलले डेभलपरका लागि बीटा संस्करण सार्वजनिक गरेको केही दिनमै आईओएस २६.५ को पहिलो सार्वजनिक बीटा जारी गरेको छ। नयाँ अपरेटिङ सिस्टमले ल्याएको मुख्य परिवर्तनमध्ये एउटा एप्पल म्याप्समा “सजेस्टेड प्लेसेज” फिचर हो।

यसले तपाईंको लोकेसन नजिक वा तपाईंको सर्च हिस्ट्रीका आधारमा घुम्न मिल्ने ट्रेन्डिङ स्थानहरू, जस्तै रेस्टुरेन्ट र अन्य स्थानहरू देखाउनेछ। म्याप्स एपको सर्च बारमा ट्याप गर्दा सजेस्टेड प्लेसेज देख्न सकिन्छ।

आईओएस २६.५ बीटामा कम्पनीले म्याप्समा विज्ञापन राख्ने सूचना पनि समावेश गरिएको छ। एप्पलले मार्चमै एप स्टोर र एप्पल न्यूज बाहिर पनि विज्ञापन विस्तार गर्ने योजना पुष्टि गरेको थियो। तपाईंले देख्ने विज्ञापनहरू तपाईंको लोकेसन, प्रयोग गरेका सर्च शब्दहरू र म्याप्समा के खोजिरहनुभएको छ भन्ने आधारमा देखाइनेछन्।

यी विज्ञापनहरू सर्च नतिजाको माथिल्लो भागमा र सजेस्टेड प्लेसेज सूचीमा देखिनेछन्। एप्पलका अनुसार विज्ञापनहरू स्पष्ट रूपमा चिनिने गरी देखाइनेछन् र यसले तपाईंको गोपनीयतामा असर पार्ने छैन। तपाईंको हालको लोकेसन र तपाईंले अन्तर्क्रिया गरेका विज्ञापनहरू तपाईंको एप्पल खातासँग जोडिने छैनन्, र व्यक्तिगत डाटा तपाईंको आईफोनमै रहनेछ र सङ्कलन गरिने छैन।

प्रकाशित: २३ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार