फोर्टनाइटले खेलाडीहरूका लागि नयाँ पात्रहरू प्रस्तुत गर्दै

  • Technology Khabar | ८ चैत्र २०८२, आईतवार
फोर्टनाइटले खेलाडीहरूका लागि नयाँ पात्रहरू प्रस्तुत गर्दै
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

फोर्टनाइट भिडियो गेमका खेलाडीहरूले चाँडै नै खेलमा प्रसिद्ध लुनी ट्युन्स पात्रहरू हेर्ने अवसर पाउने भएका छन्। कम्पनीले नयाँ क्रसओभर सहकार्य पुष्टि भएको घोषणा गरेको छ।

प्रकाशित जानकारी अनुसार, यो सहकार्यले बग्स बन्नी, डफी डक र लोला बन्नी जस्ता प्रतिष्ठित पात्रहरू प्रस्तुत गर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

यी पात्रहरू “स्किन्स” (प्लेबल क्लोथिङ-क्यारेक्टर्स) को रूपमा देखा पर्ने अपेक्षा गरिएको छ र त्यसका साथै खेल भित्र एक्सेसरिज (सामानहरू) र थिम्ड अबजेक्टस् (विषयवस्तुका वस्तुहरू) जस्ता अतिरिक्त कन्टेन्ट (सामग्रीहरू) पनि देखा पर्नेछन्।

खेलको नयाँ सिजन विशेष गरी च्याप्टर ७ सिजन २ सँग सम्बन्धित रहेको र यो सहकार्यले खेलाडीहरूलाई प्रमुख अपडेटहरूका साथै नयाँ सामग्री प्रस्तुत गर्नेछ।

अहिलेसम्मको लीक र जानकारी अनुसार बग्स बन्नी ब्याटल पासको एक भागको रुपमा रहन सक्ने बताइएको छ भने अन्य पात्रहरू आइटम सपमा विशेष प्याकको रूपमा देखा पर्न सक्नेछन्।

यो सहकार्यसँग सम्बन्धित नयाँ इभेन्टहरू वा खेल इलिमेण्टहरू पनि हुन सक्ने बताइएको छ।

यो फोर्टनाइटले योजना बनाएको धेरै सहकार्यहरू मध्ये एक मात्र हो र खेलले निरन्तर विभिन्न ब्रह्माण्डहरूलाई एउटै प्लेटफर्ममा ल्याउन जारी राखेको छ।

प्रकाशित: ८ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...