ह्वावे ईन्जोय ९० सिरिज अर्को हप्ता लन्च हुने पुष्टि

  • Technology Khabar | ३ चैत्र २०८२, मंगलवार
ह्वावे ईन्जोय ९० सिरिज अर्को हप्ता लन्च हुने पुष्टि
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गत हप्ता ह्वावेले ईन्जोय ९० प्रो म्याक्स र ईन्जोय ९० प्लसको डिजाइनको बारेमा जानकारी प्रदान गराएको थियो। अब कम्पनीले एक कदम अगाडि बढेर चीनमा ईन्जोय ९० सिरिजको लन्च गरिने मितिको खुलासा गरेको छ।

वेबोमा पोस्ट गरिएको जानकारी अनुसार ह्वावेले ईन्जोय ९० सिरिजका फोनहरू मार्च २३ मा कम्पनीको स्प्रिङ्ग प्रोडक्ट लन्च कार्यक्रमको क्रममा चीनमा डेब्यू हुने पुष्टि गरेको छ।

ईन्जोय ९० प्रो म्याक्समा स्लिम डिस्प्लेको किनारा र सेल्फी क्यामराको लागि होल–पञ्च कटआउट हुनेछ। साथै टिजर पोस्टरले ह्यान्डसेटमा डुअल सेन्सरहरू भएको गोलाकार रियर क्यामरा मोड्युल हुने पुष्टि पनि गरेको छ।

त्यसैगरी ईन्जोय ९० प्लसमा भने अगाडि बाक्लो किनारा र बायाँ तर्फ ‘एक्शन बटन’ जस्तो की देखिएको छ। दुबै स्मार्टफोनहरूले हार्मोनीओएस चलाउनेछन् र ठूला ब्याट्रीहरू प्याक गर्ने अपेक्षा गरिएको छ। तिनीहरू किरिन ८–सिरिज चिपसेटद्वारा पनि संचालित हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...