माघमा डिजिटल वालेटमार्फत हुने कारोबार रकम ८५ करोड रुपैयाँले घट्यो

  • Technology Khabar | २ चैत्र २०८२, सोमबार
माघमा डिजिटल वालेटमार्फत हुने कारोबार रकम ८५ करोड रुपैयाँले घट्यो

काठमाडौं ।

चालु आर्थिक वर्षको सातौं महिना माघमा नेपालमा डिजिटल वालेटमार्फत हुने कारोबार रकम र सङ्ख्या दुवै घटेको छ। यसअघि पुस महिनामा भने कारोबार रकम र सङ्ख्या दुवै उल्लेख्य बढेको थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ माघ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम तथा सङ्ख्या दुवैमा गिरावट देखिएको हो।

मंसिरबाट पुसमा जाँदा डिजिटल वालेट मार्फत हुने कारोबार ३ अर्ब २५ करोड ४० लाखले बढेर समग्रमा ४९ अर्ब ५७ करोड ६० लाखमा पुगेको थियो। पुसबाट माघ मसान्तसम्म आइपुग्दाको एक महिनामा भने कारोबार रकम ८४ करोड ८० लाखले बढेर समग्रमा ४८ अर्ब ७२ करोड ८० लाख पुगेको छ।

यसैगरी कारोबार सङ्ख्या मंसिरबाट पुस मसान्तसम्म आइपुग्दा २८ लाख ८० हजार ६६१ ले बढेर समग्रमा ४ करोड ३४ लाख ७९ हजार ९२६ मा पुगेको थियो।

पुस मसान्तबाट माघ मसान्तसम्म आइपुग्दा ३ लाख ६१ हजार १३८ ले बढेर यो आँकडा ४ करोड ३१ लाख १८ हजार ७८८ पुगेको विवरणमा उल्लेख छ।

प्रकाशित: २ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार