
काठमाडौं ।
रियलमीले भारतीय बजारको लागि दुई नयाँ स्मार्टफोनहरूमा काम गरिरहेको देखिन्छ। उक्त दुई नयाँ स्मार्टफोनहरूमा १६टी र पी४आर रहेका छन्। दुबै डिभाइस चाँडै नै फाइभजी समर्थनको साथ भारतमा लन्च हुँदैछन् भनि एक्समा एक टिपस्टरले उल्लेख गरेका छन्।
रियलमी १६टी कथित रूपमा स्टारलाइट रेड, स्टारलाइट ब्ल्याक र अरोरा ग्रीन रङ्गमा आउने छ। साथै यो डिभाइस ६/१२८जीबी, ८/१२८जीबी र ८/२५६जीबीगरी तीनओटा र्याम/स्टोरेज विकल्पहरूमा प्रस्ताव गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
अर्कोतर्फ रियलमी पी४आर सिल्भर ग्लेयर, टाइटेनियम ग्लेयर र ल्याभेन्डर ग्लेयर रङ्गहरूमा प्रस्ताव गरिनेछ भने ४/१२८जीबी, ६/१२८जीबी र ६/२५६जीबी र्याम/स्टोरेज कम्बोहरूमा उपलब्ध हुनेछ।
र्याम/स्टोरेजको आधारमा पी४आर स्पष्ट रूपमा यी दुई स्मार्टफोनहरू मध्ये लोअर–इण्ड डिभाइस हुनेछ। पी४आर अब निरन्तर विस्तार भइरहेको र हाल पाँच सदस्यहरू रहेको पी४ परिवारमा सामेल हुनेछ। त्यसैगरी रियलमी १६ सिरिजले १६टीमा आफ्नो चौथो सदस्यलाई स्वागत गर्ने तयारी गरिरहेको छ।
१६टी र पी४आरको बारेमा हाल कुनै अन्य विवरणहरू उपलब्ध नभएको बताइएको छ। तर अब लीकका ढोकाहरू खुलेको हुनाले चाँडै नै तिनीहरूको बारेमा थप विवरणहरू उपलब्ध हुने आशा गरिएको छ।
प्रकाशित: २ चैत्र २०८२, सोमबार