नोटबुक एलएममा प्रयोग गरिएको पुरुष पोडकास्टको आवाज आफ्नो जस्तै रहेको भन्दै गुगलमाथि मुद्दा दायर

  • Technology Khabar | ४ फाल्गुन २०८२, सोमबार
नोटबुक एलएममा प्रयोग गरिएको पुरुष पोडकास्टको आवाज आफ्नो जस्तै रहेको भन्दै गुगलमाथि मुद्दा दायर

काठमाडौं ।

डेभिड ग्रीनले गुगलविरुद्ध मुद्दा दायर गरेका छन्। द वाशिङ्टन पोस्टका अनुसार गुगलको नोटबुक एलएममा प्रयोग गरिएको पुरुष पोडकास्टको आवाज आफ्नो जस्तै रहेको उनको आरोप छ।

एनपीआरको “मर्निङ एडिशन” का दीर्घकालीन प्रस्तोता रहेका ग्रीनले साथी, परिवार र सहकर्मीहरूले आवाज मिल्दोजुल्दो भएको भन्दै इमेल पठाउन थालेपछि आफू विश्वस्त भएको बताएका छन्। उनका अनुसार उक्त एआई आवाजले उनको बोल्ने शैली, स्वरको उतारचढाव र “उह्” जस्ता भराइ शब्दको प्रयोगसमेत नक्कल गरेको छ।

हाल केसीआरडब्लूको “लेफ्ट, राइट एण्ड सेन्टर” कार्यक्रम सञ्चालन गरिरहेका ग्रीनले “मेरो आवाज नै मेरो पहिचानको सबैभन्दा महत्वपूर्ण भाग हो” भनेका छन्।

नोटबुकएलएमले प्रयोगकर्तालाई एआई प्रस्तोतामार्फत पोडकास्ट तयार गर्न दिने सुविधा प्रदान गर्छ। तर गुगलका एक प्रवक्ताले वासिङ्टन पोस्टलाई दिएको प्रतिक्रियामा उक्त आवाज ग्रीनसँग असम्बन्धित रहेको बताएका छन्। उनका अनुसार नोटबुकएलएमको अडियो ओभरभ्यूमा प्रयोग गरिएको पुरुष आवाज गुगलले भुक्तानी गरेर नियुक्त गरेको एक पेशेवर कलाकारमा आधारित छ।

वास्तविक व्यक्तिसँग मिल्दोजुल्दो एआई आवाजबारे विवाद भएको यो पहिलो घटना होइन। यसअघि ओपनएआईले अभिनेत्री स्कारलेट जोन्सनले आफ्नो आवाजको नक्कल भएको गुनासो गरेपछि च्याटजीपीटीले उक्त आवाज हटाएको थियो।

प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार