आचारसंहिता विपरीत समाचार लेख्ने सेतोपाटीलाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई गर्यो पत्राचार

  • Technology Khabar | ४ फाल्गुन २०८२, सोमबार
आचारसंहिता विपरीत समाचार लेख्ने सेतोपाटीलाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई गर्यो पत्राचार

काठमाडौं ।

सेतोपाटी अनलाइनले प्रकाशन गरेको भ्रामक समाचारमाथि गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगले कारबाही अगाडि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ।

उक्त अनलाइनले गत  फागुन ३ गते “चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र हिजो फागुन ४ गते “भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ” शिर्षकमा समाचार प्रकाशन गरेको थियो।

त्यसप्रकारको समाचार प्रकाशन भएपछि सञ्चार तथा राजनीतिवृत्त तथा सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो।

‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने’ व्यवस्थाको प्रतिकूल रहेको देखिएकोले आवश्यक कारबाही हुने निर्णय भएकाले सोही अनुसार गर्न आयोगले काउन्सिललाई पत्राचार गरेको हो।

‘उल्लिखित सन्दर्भमा ऐ. अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको “उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने” र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको “कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने” व्यवस्थाको प्रतिकूल रहेको देखिंदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छु’, पत्रमा उल्लेख छ।

 

प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार