भारतमा साप्ताहिक १० करोड सक्रिय ओपनएआई प्रयोगकर्ता छन्: सीईओ अल्टम्यान

  • Technology Khabar | ४ फाल्गुन २०८२, सोमबार
भारतमा साप्ताहिक १० करोड सक्रिय ओपनएआई प्रयोगकर्ता छन्: सीईओ अल्टम्यान

काठमाडौं ।

भारतमा साप्ताहिक रूपमा १० करोड सक्रिय ओपनएआई प्रयोगकर्ता रहेको सीईओ साम अल्टम्यानले बताएका छन्। यो आँकडाले भारतलाई ओपनएआईका लागि विश्वका सबैभन्दा ठूलो बजारमध्ये एक बनाएको छ। यो टिप्पणी उनले सरकारद्वारा आयोजित एआई सम्मेलनअघि गरेका हुन्।

आइतबार प्रकाशित द टाइम्स अफ इण्डियामा छापिएको लेखमार्फत अल्टम्यानले भारतमा ओपनएआई को बढ्दो प्रयोगबारे चर्चा गरेका छन्। सोमबारदेखि नयाँ दिल्लीमा सुरु हुने पाँच दिने इण्डिया एआई इम्प्याक्ट समिटमा ओपनएआई औपचारिक रूपमा सहभागी हुँदैछ। कार्यक्रममा विश्वका अग्रणी एआई कम्पनीका उच्च अधिकारीहरू पनि सहभागी हुनेछन्।

ओपनएआईले विश्वव्यापी विस्तारका लागि भारतको युवा जनसंख्या र एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्तालाई महत्वपूर्ण अवसरका रूपमा हेरेको छ। ओपनएआई निर्माणकर्ता ओपनएआईले २०२५ अगस्टमा नयाँ दिल्लीमा कार्यालय खोलेको थियो। भारतको मूल्य-संवेदनशील बजारलाई ध्यानमा राख्दै कम्पनीले ५ डलरभन्दा कम शुल्कमा ‘ओपनएआई Go’ सेवा सुरु गरेको थियो, जसलाई पछि भारतीय प्रयोगकर्ताका लागि एक वर्ष निःशुल्क बनाइएको थियो।

अल्टम्यानका अनुसार संयुक्त राज्य अमेरिकापछि भारत ओपनएआई को दोस्रो ठूलो प्रयोगकर्ता आधार भएको देश हो। सन् २०२५ अक्टोबरसम्म विश्वभर ओपनएआई का साप्ताहिक सक्रिय प्रयोगकर्ता संख्या ८० करोड पुगेको र ९० करोड नजिक पुग्दै गरेको उल्लेख गरिएको छ।

प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार