यो वर्ष सात नयाँ यूरोपेली देशमा आफ्नो फुड डेलिभरी सेवा विस्तार गर्ने योजनामा उबर

  • Technology Khabar | ४ फाल्गुन २०८२, सोमबार
यो वर्ष सात नयाँ यूरोपेली देशमा आफ्नो फुड डेलिभरी सेवा विस्तार गर्ने योजनामा उबर
फाइल तस्बिर

काठमाडौं ।

उबरले यस वर्ष सात नयाँ यूरोपेली देशमा आफ्नो फुड डेलिभरी सेवा विस्तार गर्ने योजना बनाएको छ। बहु-अर्ब युरो मूल्यको फुड डेलिभरी बजारमा प्रविधि कम्पनीहरूले प्रतिस्पर्धा तीव्र बनाइरहेका बेला फाइनान्सियल टाइम्सले आइतबार रिपोर्ट गरेको छ।

अमेरिकास्थित कम्पनीले चेक गणतन्त्र, ग्रीस र रोमानिया लगायतका बजारमा सेवा सुरु गर्नेछ , जसबाट आगामी तीन वर्षमा थप १ अर्ब डलर बराबरको कुल बुकिङ हासिल गर्ने लक्ष्य राखिएको रिपोर्टमा उल्लेख छ। उबरमा डेलिभरी विभागकी ग्लोबल प्रमुख सुसन एन्डर्सनले पत्रिकासँग कुरा गर्दै “मापदण्ड अझ उकास्ने, नयाँ परिवर्तन ल्याउने र सम्पूर्ण क्षेत्रमा राम्रो मूल्य प्रदान गर्ने समय आएको” बताएकी छन्।

रिपोर्टका अनुसार यो विस्तारसँगै अष्ट्रिया, डेनमार्क, फिनल्यान्ड र नर्वेमा पनि सेवा विस्तार हुनेछ। उबरले टिप्पणी अनुरोधमा तुरुन्तै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।

यसै साता उबरले टर्कीमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यले गेटिरको डेलिभरी व्यवसाय इमिराती नियन्त्रणमा रहेको सेयरधनी मुबादलाबाट अधिग्रहण गर्न सहमति जनाएको थियो।

प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार