
काठमाडौं ।
चिनियाँ स्मार्टफोन निर्माताहरूको एप्पलप्रतिको लगाव र क्युपर्टिनो कम्पनीको डिजाइनको ‘अनुकरण’ गर्ने काम रोकिने कुनै संकेत देखिएको छैन।
चीनबाट शाओमी १८ को एउटा नयाँ रेन्डर लिक भएको छ र यो डिभाइस सेप्टेम्बरमा मात्र अनावरण हुने भएको छ।
डिभाइसको अनावरणको लागि अझै धेरै समय बाँकी रहेको छ र अब शाओमी १८ आईफोन १६ प्रो जस्तो देखिने रेन्डर लीक भएको छ।
शाओमी १८ एप्पलको २०२४ को डिभाइस सँग तुलना छ। शाओमी १८ को क्यामरा आइल्याण्डको डिजाइन आईफोन १६ प्रोसँग धेरै नजिक देखिन्छ। यद्यपि शाओमी १८ को क्यामरा आइल्याण्ड ठूलो छ।
साथै कुनाहरूको कर्भेचर लगभग उस्तै देखिएको छ र यदि शाओमीका साथै लाइको लोगोहरू हटाइएको खण्डमा यो डिभाइस आईफोन होइन भनरे छुट्टाउन गाह्रो हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
अघिल्ला अफवाहहरू अनुसार शाओमी १८ मा ६.४ इन्चको ओएलईडी स्क्रिन, ५० मेगापिक्सेलको मुख्य क्यामरा, ५० मेगापिक्सेलको अल्ट्रावाइड र २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा हुनेछ।
यो डिभाइस ८ एलिट जेन ६ प्रो नभई क्वालकमको आगामी स्न्यापड्रागन ८ एलिट जेन ६ एसओसीद्वारा सञ्चालित हुनेछ। क्वालकमको शीर्ष श्रेणीको रुपमा यो वर्ष आउने उक्त चिपसेट शाओमी १८ प्रो र प्रो म्याक्सको लागि राखिने बताइएको छ।
प्रकाशित: ३ फाल्गुन २०८२, आईतवार