उद्योग संगठन मोरङले सञ्चालनमा ल्यायो इण्डष्ट्रिज एक्स्पिरियन्स जोन, विजनेश इनक्यूवेशन सेन्टर र भर्चुअल प्लेटफर्म

  • Technology Khabar | १ फाल्गुन २०८२, शुक्रबार
उद्योग संगठन मोरङले सञ्चालनमा ल्यायो इण्डष्ट्रिज एक्स्पिरियन्स जोन, विजनेश इनक्यूवेशन सेन्टर र भर्चुअल प्लेटफर्म

काठमाडौं ।

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत, विभागकी निर्देशक विष्णुमाया भट्टराई लगायतको प्रतिनिधि मण्डलले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको इण्डष्ट्रिज एक्स्पिरियन्स जोन, विजनेश इनक्यूवेशन सेन्टर र भर्चुअल प्लेटफर्म विराटबजार डटकमको अवलोकन गरेका छन्।

संगठनको तीनओटै प्लेटफर्मले उद्योगहरूको प्रवद्र्धन, नवप्रवर्तन प्रदर्शन तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने भनि उहाहरुले प्रसंशा गरे।

अवलोकनपछि उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको तीनओटा प्लेटफर्मले व्यावसायीक विकासको ईको सिस्टम दर्शाएको उल्लेख गर्दे सबैले एकपटक अवलोकन गरी यसबाट फाईदा लिनुपर्ने विचार व्यक्त गरे। भर्चुअल प्लेटफर्म विराटबजार डटकमलाई प्रतिनिधित्व गर्नेगरी भौतिक रुपमा उद्योगको वस्तुस्थितीलाई अवलोकन गर्न एक्स्पीरीयन्स जोनले थप सहयोग पुर्याएको धारण राख्दै उहाले उद्योग प्रवर्द्धनका लागि नेपालमै पहिलो नवीन र प्रभावकारी पहल भएको बताए।

महानिर्देशक वस्नेतले संगठनले प्रारम्भ गरेको प्लेटफर्मले स्वदेशी उत्पादनको दृश्यता बढाउन, उद्यमी र लगानीकर्ताबीच सहकार्य विस्तार गर्ने, औद्योगिक विकासलाई गति दिन तथा ब्यावसाय–व्यवसाय बीचको साझेदारीलाई वढावा दिन सहयोगी हुने विश्वास व्यक्त गरे।

त्यसैगरी विभागको निर्देशक विष्णुमाया भट्टराईले समग्र प्लेटफर्मले उद्योग क्षेत्रका उपलब्धि र सम्भावनालाई प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै उद्योग क्षेत्रलाई नजिकबाट बुझ्न, सिक्न र सहकार्यको आधार तयार गर्न महत्वपूर्ण मञ्च भएको जिकीर गरिन्। उनले संगठनले प्रारम्भ गरेको पहलले नेपाली उत्पादनहरूको बजार पहुच सुदृढ बनाउँदै औद्योगिक विकास, नवप्रवर्तन र उद्यमशीलतालाई थप सशक्त बनाउन सहयोग पुर्याउने धारणा राखिन्

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संगठनले स्थापना दिवशको अवसरमा सञ्चालनमा ल्याएको इण्डष्ट्रिज एक्स्पिरियन्स जोन, भर्चुअल प्लेटफर्म विराटबजार डटकम र विजनेश इनक्यूवेशन सेन्टर आफैँमा एक ईको सिस्टम भएको जानकारी दिए। उनले बीटुबी प्रवद्र्धन, बजार सञ्जाल विस्तार, सिकाइ तथा साझेदारी निर्माणका लागि स्थायी मञ्चका रूपमा सबै प्लेटफर्म विकास गरेको वताउदै अवलोकनकर्ताले उत्पादनहरू, कम्पनी प्रोफाइल, कार्यस्थल सम्बन्धी जानकारी, सम्भावित साझेदार, पेशा तथा सीपमार्फत स्थानीय उद्योगहरूलाई देख्न, छुन र अनुभव गर्न सक्ने स्पष्ट पारे।

अध्यक्ष राठीले एक्स्पीरीयन्स जोनमा उपलब्ध भिआरको माध्यमबाट उद्योगहरूको भर्चुअल अवलोकनको गर्नसक्ने र यसले आधुनिक प्रविधिको प्रयोग मार्फत उद्योगहरूको प्रस्तुतिलाई अझ प्रभावकारी बनाएको उल्लेख गरे।

उद्योग संगठन मोरङले सञ्चालन गरेको भर्चूअल प्लेटफर्म तथा एक्स्पिरीयन्स जोनल उद्योग प्रतिष्ठानहरुको उत्पादनहरू, नवप्रवर्तक स्टार्टअपहरू, महिला उद्यमीहरूद्धारा उत्पादित वस्तुलाई राख्नुका साथै उद्योगको उत्पादनलाई एकै स्थानमा समेटी स्थायी प्रदर्शनी स्थलका रूपमा विकास गरी उत्पादन देखि प्रविधि, सीपदेखि साझेदारी सम्मको अवलोकनकर्ताले अनुभव प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।

प्रकाशित: १ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...