ग्यालेक्सी एस अल्ट्राको थप प्रेस तस्बिरहरू लीक

  • Technology Khabar | २ फाल्गुन २०८२, शनिबार
ग्यालेक्सी एस अल्ट्राको थप प्रेस तस्बिरहरू लीक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ग्यालेक्सी एस सिरिजको लन्च नजिकिँदै गर्दा डिभाइस बारे लीकहरुले गति लिइरहेको छन्। एक टिपस्टरले अब ग्यालेक्सी एस अल्ट्राको आधिकारिक देखिने प्रेस रेन्डरहरू साझा गरेको छन्। उत्त प्रेस रेन्डरहरूले फोनलाई चार रङ्गहरूमा सबै कोणबाट प्रदर्शन गर्दछ।

टिपस्टर इभान ब्लासबाट आएको तस्बिरहरूमा ग्यालेक्सी एस२६ अल्ट्रालाई कालो, कोबाल्ट भायोलेट, स्काई ब्लू र सेतो रङ्ग विकल्पहरूमा देख्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ग्यालेक्सी एस२६ अल्ट्राको डिजाइन आफ्नो पूर्ववर्ती ग्यालेक्सी एस२५ अल्ट्रासँग मिल्दोजुल्दो रहेको छ र डिभाइसमा अलि बढी गोलाकार कुनाहरूका साथै पुनः डिजाइन गरिएको रियर क्यामरा मोड्युल समावेश गरिएको छ। साथै एस पेनले पनि सूक्ष्म रिफ्रेस प्राप्त गरेको देखिन्छ।

सामसङले फेब्रुअरी २५ मा हुने ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी एस२६, ग्यालेक्सी एस२६प्लस र ग्यालेक्सी एस२६ अल्ट्रा अनावरण गर्नेछ।

प्रकाशित: २ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...