एरिक्सनद्वारा सवारीसाधनको कनेक्टिभिटी सुधार गर्न नयाँ फाइभजी राउटर सार्वजनिक

  • Technology Khabar | ३ फाल्गुन २०८२, आईतवार
एरिक्सनद्वारा सवारीसाधनको कनेक्टिभिटी सुधार गर्न नयाँ फाइभजी राउटर सार्वजनिक
फाइल तस्बिर

काठमाडौं ।

एरिक्सनले सवारीसाधनको कनेक्टिभिटी सुधार गर्न नयाँ फाइभजी राउटर सार्वजनिक गरेको छ। पहिलो प्रतिक्रिया दिने सुरक्षाकर्मी, सार्वजनिक यातायात सञ्चालक र निजी फ्लीट प्रयोगकर्तालाई लक्षित गरिएको यो किट सार्वजनिक सुरक्षा सञ्जाल र नयाँ नेटवर्क स्लाइसिङ सेवासँग उपयुक्त छ। यसले फाईभजी स्ट्यान्डअलोन रिलिज १७ प्रविधि प्रयोग गर्छ।

यसमा एउटै मोडेममा डुअल सिम / डुअल स्ट्याण्डबाई (डीएसडीएस) सुविधा दिइएको छ जुन उद्योगमै पहिलो भएको दावी गरिएको छ र यसले क्यारियर स्विचओभर करिब १० गुणा छिटो बनाउँछ।

साथै रियल टाइम काइनेम्याटिक्स (आरटीके) र डेड रेकनिङ प्रविधिले पोजिसनिङ सटीकता १–३ मिटरबाट करिब १ सेन्टिमिटरसम्म सुधार गर्छ। यसले लेन-स्तरको सवारी पहिचान र कर्मचारी, सम्पत्ति तथा ड्रोनको वास्तविक-समय ट्र्याकिङ सम्भव बनाउने बताइएको छ।

टेलिकम्स डटकमका अनुसार राउटरले एकै समयमा पाँचवटासम्म सेल्युलर कनेक्सन र धेरै लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट कनेक्सन समर्थन गर्छ। साथै यसमा ४x४ सफ्टवेयर-डिफाइन्ड वाईफाई ७ एक्सेस पोइन्टसमेत समावेश गरिएको छ।

एरिक्सनका प्रोडक्ट एन्ड इन्जिनियरिङ प्रमुख पंकज मल्होत्राले मोबाइल कनेक्टिभिटी सार्वजनिक सुरक्षा, यातायात र फ्लीट संस्थाका लागि मुख्य सञ्चालन प्लेटफर्म बन्दै गएको बताए।

उनका अनुसार आर२४०० अत्यधिक विश्वसनीयता र सटीकता आवश्यक पर्ने वातावरणमा सवारीसाधनलाई सधैं कनेक्टेड र मिसनका लागि तयारी अवस्थामा राख्न डिजाइन गरिएको हो। सेन्टिमिटर-स्तरको आरटीके, छिटो डुअल सिम फेलओभर र उच्च एज कम्प्युट क्षमताले वास्तविक-समय इन्टेलिजेन्सलाई समर्थन गर्ने उनले बताए।

आईडीसीका फाइभजी तथा मोबाइल सेवा वरिष्ठ अनुसन्धान प्रबन्धक जेसन लेघले डिजिटल रूपान्तरणसँगै सार्वजनिक सुरक्षा, सामूहिक यातायात र व्यावसायिक फ्लीटका सवारीसाधन सूचना र समन्वयका मुख्य केन्द्र बन्दै गएको बताए।

उनका अनुसार एरिक्सन क्रेडलप्वाइन्ट आर२४०० जस्ता समाधानले आईओटी र एआई आधारित सेवाका लागि बलियो र भरपर्दो आधार प्रदान गर्छन् जसले छिटो प्रतिक्रिया, श्रमिक सुरक्षा सुधार र दैनिक सञ्चालनलाई थप प्रभावकारी बनाउँछ।

आवश्यकताको प्रमाणका रूपमा कम्पनीले भेराइजनको प्रतिवेदन उद्धृत गरेको छ जसअनुसार ४६ प्रतिशत पहिलो प्रतिक्रिया दिने सुरक्षाकर्मीले पाँच वर्षभित्र दैनिक रूपमा एआई प्रयोग गर्ने अपेक्षा गरेका छन् भने ४८ प्रतिशतले दैनिक ड्रोन प्रयोगको अपेक्षा गरेका छन्।

साथै २०२४ को नेशनल एकेडेमिक्स अटोनोमस ट्रान्जिट सर्भेअनुसार ८४ प्रतिशत यातायात एजेन्सीले तीनदेखि पाँच वर्षभित्र स्वायत्त बस प्रयोग वा मूल्यांकन गर्ने योजना बनाएका छन्।

प्रकाशित: ३ फाल्गुन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार