
काठमाडौं ।
मध्य चीनको हेनान प्रान्तको प्रसिद्ध शाओलिन मन्दिरमा एउटा अचम्मलाग्दो र असामान्य दृश्य देखा परेको छ।
मन्दिरमा एउटा नयाँ “वर्ग” आएको र ह्युमनोइड रोबोटहरूले अब भिक्षुहरूसँगै पौराणिक शाओलिन कुङ फूको अभ्यास गरिरहेको टेलीग्राफले रिपोर्ट गरेको छ।
पुरातन परम्परा र आधुनिक प्रविधिको यो दुर्लभ मिश्रणले विश्वभरका मानिसहरूको ध्यान निकै छिटो तानेको छ। भिक्षुहरूसँग रोबोटहरूले अभ्यास गरेको भिडियोहरू सामाजिक सञ्जालमा द्रुत रूपमा भाइरल भइरहेका छन्।
यी भिडियोहरूमा मानिसहरूको प्रशंसादेखि डरसम्म फरक–फरक प्रतिक्रिया दखा परेका छन्।
धेरै मानिसहरू रोबोटिक्स कति अगाडि बढेको छ भनेर छक्क परेका छन् भने अन्य मानिसहरू भविष्यमा यसको प्रभाव कस्तो हुनेछ भनेर सोचिरहेका बताइउको छ।
भाइरल भएको फुटेजमा, रोबोटहरू शाओलिन भिक्षुहरूसँग ताल मिलाएर हिँडिरहेको देख्न सकिन्छ।
यी रोबोटहरूले मार्शल आर्ट मुद्राहरूको नक्कल गर्दछन् भने मन्दिर परिसर भित्र निर्धारित कुङ फू अभ्यास र दिनचर्याहरू प्रदर्शन गर्दछन्।
मानव विद्यार्थीले आफ्नो गुरुबाट सिके जस्तै मेसिनहरूले प्रत्येक चाललाई सावधानीपूर्वक दोहोर्याउने उल्लेख गरिएको छ।
Shaolin Temple has started practicing kung fu with robots.
— Science girl (@sciencegirl) February 5, 2026
प्रकाशित: २९ माघ २०८२, बिहीबार