६ महिनामा साढे २२ करोड हाराहारीको १ लाखभन्दा बढी विद्युतीय चुलो आयात

  • Technology Khabar | २३ माघ २०८२, शुक्रबार
६ महिनामा साढे २२ करोड हाराहारीको १ लाखभन्दा बढी विद्युतीय चुलो आयात
ललितपुरको ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटलमा बिक्रीका लागि राखिएका इन्डक्सन चुल्हो। फाइल तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना पुस मसान्तसम्म नेपालमा २२ करोड ४६ लाख ५० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न २३ देशहरुबाट उक्त मूल्य बराबरका १ लाख ८ हजार २५१ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ३ करोड १९ लाख ९८ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट १९ करोड ४७ लाख २९ हजार बराबरको ९२ हजार २४५ थान तथा भारतबाट २ करोड ६७ लाख ३७ हजार बराबरको १४ हजार ७३५ थान चुलो आएको छ।

यीबाहेक कतारबाट ५६ हजार बराबरको ४६ थान, यूएईबाट १ लाख १० हजार बराबरको ८० थान, बंगलादेशबाट २० लाख ७१ हजार बराबरको १ हजार ५० थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४८ थान तथा साउदी अरेबियाबाट २ हजार बराबरको २ थान तथा अमेरिकाबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

क्र. सं.देशपरिमाणरकम
बंगलादेश१२०२३९
चीन६२३५८१३९९१५
भारत१०६७५१८२०५
इण्डोनेसिया१८२
कोरिया99
कुवेत
मलेसिया४८७३६
कतार४२५१
साउदी अरेबिया
१०सिङ्गापुर
११युगाण्डा21
१२यूएई७७१०७
१३बेलायत
१४अमेरिका

 

इन्फ्रारेड चुलो

 

क्र. सं.देशपरिमाणरकम
बंगलादेश९३०1832
चीन२९४६४५३२४०
भारत३७०७६७८०
कतार

 

अन्य विद्युतीय चुलो

क्र. सं.देशपरिमाणरकम
चीन४२३१५७४
भारत३५३१७५२
कतार
सिंगापुर
यूएई

 

प्रकाशित: २३ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार