
काठमाडौं ।
टोयोटाले नयाँ एसयूभीको पहिलो तस्बिरहरू जारी गर्दै पूर्ण प्रस्तुति फेब्रुअरी १० मा हुने पुष्टि गरेको छ।
गाडीमा सिटहरुको तीन पङ्क्तिको साथ परिवारका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेको देखिएको छ। यो नयाँ एसयूभी प्यानोरामिक रुफका साथै डिजिटल डिस्प्ले र एकीकृत यूएसबी पोर्टहरू जस्ता आधुनिक क्याबिन प्रविधिसँग आउने टेलिग्राफले रिपोर्ट गरेको छ।
त्यसैगरी बाह्य डिजाइन अघिल्ला टोयोटा पेटेन्ट तस्बिरहरूसँग मेल खाएको छ।
यो एसयूभी कम्पनीको इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारी साधनहरू) को लाइन विस्तार गर्ने योजनाको एक हिस्सा हो। एसयूभीको उत्पादन भने यो वर्षको उत्तरार्धमा संयुक्त राज्य अमेरिकामा सुरु हुने अपेक्षा गरिएको छ।
टोयोटाले एसयूभीको अन्तिम नाम भने अझै पुष्टि गरेको छैन।
यो एसयूभीको साथ प्रशंसकहरूले अमेरिकी बजारमा ठूलो, व्यावहारिक र आधुनिक एसयूभीको आशा गर्न सक्ने थप उल्लेख गरिएको छ।
प्रकाशित: २३ माघ २०८२, शुक्रबार