
काठमाडौं ।
गुगलले गत वर्षको जुनमा पिक्सेल लाइनको लागि एन्ड्रोइड १६ लन्च गरेको थियो र त्यसबेलादेखि यता सात महिनाभन्दा बढी समय बितिसकेको छ।
गुगलको पछिल्लो एन्ड्रोइड संस्करण वितरण तथ्याङ्क अनुसार केवल ७.५ प्रतिशत सक्रिय डिभाइसहरूले एन्ड्रोइड १६ प्रयोग गर्ने गरेको र यो एप्पलको आईओएस अपनाउने डिभाइसहरुको तुलनामा अपेक्षाकृत रुपमा कम संख्या भएको टेलिग्राफले रिपोर्ट गरेको छ।
हाल सबैभन्दा धेरै प्रयोग हुने संस्करण एन्ड्रोइड १५ ले १९.३ प्रतिशत हिस्सा ओगटेको छ भने त्यसपछि एन्ड्रोइड १४ ले १७.२ प्रतिशत र एन्ड्रोइड १३ ले १३.९ प्रतिशत हिस्सा ओगटेको छ।
सातौं स्थानमा रहेको एन्ड्रोइड १६ लाई एन्ड्रोइड १०, ११ र १२ ले उछिनेको छ।
धेरै निर्माताहरूले आफ्ना डिभाइसहरूको लागि अपडेटहरू जारी गर्दै जाँदा एन्ड्रोइडका नयाँ संस्करणहरूको प्रयोग बिस्तारै बढ्ने गरेको बताइएको छ।
आगामी महिनाहरूमा एन्ड्रोइड १६ भएका डिभाइसहरूको हिस्सा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २२ माघ २०८२, बिहीबार