नयाँ सामसङ ग्यालेक्सी बड्स४ र ग्यालेक्सी बड्स४ प्रो को रेन्डरहरू लीक

  • Technology Khabar | २४ माघ २०८२, शनिबार
नयाँ सामसङ ग्यालेक्सी बड्स४ र ग्यालेक्सी बड्स४ प्रो को रेन्डरहरू लीक

काठमाडौं ।

सामसङले यो महिनाको उत्तरार्धमा ग्यालेक्सी एस२६ परिवारसँगै ग्यालेक्सी बड्स४ र ग्यालेक्सी बड्स४ प्रो अनावरण गर्ने अपेक्षा गरिएको छ। मंगलबार इयरबड्सहरूको केही आधिकारिक देखिने रेन्डरहरू बाहिर आएका छन्।

दुवै इयरबड्सहरूको गोलाकार वर्ग आकार र पारदर्शी ढक्कनको साथ केस डिजाइन समान रहेको देख्न सकिने छ। बड्स३ र बड्स३ प्रो जस्तै बड्स४ मा सिलिकन टिपको अभाव देखिन्छ भने बड्स४ प्रोमा उक्त सिलिकन टिप रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रयोकर्ताहरुले इन–इयर (बड्स४ प्रो) वा सेमी–इन–इयर (बड्स४) बाट आफूलाई मनपर्ने शैलीको इयरबड्स छनौट गर्न सक्नेछन्। बड्स४ एप्पलको नन्–प्रो एयरपडहरू जस्तै छन् भने बड्स४ प्रो नामले संकेत गरे जस्तै एप्पलको पछिल्लो एयरपड्स प्रोसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने भएका छन्।

ग्यालेक्सी बड्स४ र ग्यालेक्सी बड्स४ प्रो दुवैले इन्टरप्रेटर मोड सुरु गर्ने पिन्च–एन्ड–होल्ड इशारालाई समर्थन गर्नेछन् भनेर अघिल्ला अफवाहहरूले दावी गरेका छन्। साथै विगतका लीकहरुका अनुसार, बड्स४ को मूल्य १७९ यूरो र बड्स४ प्रोको मूल्य २४९ यूरो हुनेछ।

प्रकाशित: २४ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...