
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि विभाग अन्तर्गत रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) ले विभिन्न परामर्श सेवाहरु आपूर्ति गर्नका लागि सम्बन्धित व्यक्ति वा संस्थाबाट निवेदन माग गरेको छ।
विशेषगरी डाटा सेन्टर अडिट, पुष्पलाल राजमार्गको आसपासमा डाटा सेन्टरको सम्भाव्यता अध्ययन तथा डाटा सेन्टर विशेषज्ञ परामर्शका लागि परामर्शदाता छनोट गर्नका लागि यो आवेदन मागिएको हो।
केन्द्रले आज एक सूचना प्रकाशित गरी सम्बन्धित संस्था तथा व्यक्तिहरुलाई यसबारे जानकारी गराएको हो।
‘यस केन्द्रका लागि आ.व. २०८२/८३ को अवधिलाई आवश्यक पर्ने तपसिल बमोजिमका विभिन्न परामर्श सेवाहरु आपूर्ति गर्नका लागि सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम योग्यता पुगेका ईच्छुक ईजाजत प्राप्त परामर्शदाता फर्महरुले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ को उपनियम (१) मा उल्लेखित कागजातहरूको प्रतिलिपि संलग्न गरी सोही नियमावलीको अनुसूची २(क) बमोजिमको ढाँचामा यस केन्द्रमा निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।
निवेदनसँगै के के कागजात हुनुपर्छ?
– संस्था या फर्म दर्ताको प्रमाणपत्रको फोटोकपी
– स्थायी लेखा नम्बर/ मू.अ.कर दर्ता प्रमागपत्रको फोटोकपी,
– आ.व.२०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्रको फोटोकपी
– व्यवसायिक इजाजत पत्रको फोटोकपी
प्रचलित कानूनबमोजिम अयोग्य नभएको वा कालोसूचीमा नपरेको व्यहोरा फर्मकम्पनी वा संस्था स्वयंले घोषणा गरी निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
प्रकाशित: २१ माघ २०८२, बुधबार