अब हेल्मेटमा पनि डिजिटल डिस्प्ले: आईलाइट्सले ल्यायो तेस्रो पुस्ताको मोटरसाइकल हेल्मेट

  • Technology Khabar | २१ माघ २०८२, बुधबार
अब हेल्मेटमा पनि डिजिटल डिस्प्ले: आईलाइट्सले ल्यायो तेस्रो पुस्ताको मोटरसाइकल हेल्मेट
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

हेड–अप डिस्प्ले विशेषज्ञ आईलाइट्सले शोईको उत्पादन हेल्मेटलाई आफ्नो तेस्रो पुस्ताको प्रविधि टी–एयर ३ स्मार्टले सुसज्जित गरेको छ। तसर्थ सबै कुरा पहिले नै स्क्रिनमा प्रदर्शित वा प्रोजेक्ट गरिएको अवस्थामा यो प्रविधि अब मोटरसाइकलहरूमा पनि समावेश गरिएको छ।

यो स्क्रिनले चालकको आँखाको अगाडि लगभग तीन मिटर अगाडि भाइजरमा गति, लुकआउट निर्देशनहरू, राडार कलहरू र चेतावनीहरू जस्तो महत्त्वपूर्ण ड्राइभिङ जानकारी प्रोजेक्ट गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

भ्यूफाइन्डरको केन्द्रबिन्दु रहेको नानो ओएलईडीमा शक्तिशाली इलुमिनेसनको र फूल एचडी रिडेबिलिटी उपलब्ध हुनुका साथै दिनको उज्यालोमा पनि पढ्न सकिने छ। यो प्रविधिले प्रतिक्रिया समयलाई ३२ प्रतिशतभन्दा बढीले घटाउने अपेक्षा गरिएको छ।

अन्य सुविधाहरूमा असीमित रेञ्ज भएको विश्वव्यापी इन्टरकम, एक्टिभ नोइज–क्यान्सिलिङ माइक्रोफोन र बिल्ट–इन भ्वाइस एसिस्टेन्टहरू (सिरी र गुगल सहायक) समावेश छन्।

इन्फोटेनमेन्ट युनिटले एन्ड्रोइड र आईओएससँग काम गर्नेछ भने ब्याट्री कम्तिमा दस घण्टा टिक्ने निर्माताको दावी छ।

जीटी–एयर सिरिजको अंश रहेको यो हेलमेट स्मल देखि एक्सएक्सएल सम्मका पाँच रङ्ग र आकारहरूमा आउनेछ भने स्मार्ट प्रविधिको साथ हेलमेटको मूल्य १,२०० यूरो कायम गरिएको छ।

प्रकाशित: २१ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...