आईफोन फोल्डले उच्चतम ब्याट्री र मूल्यको साथ एप्पलको सबै रेकर्ड तोड्ने सम्भावना

  • Technology Khabar | २० माघ २०८२, मंगलवार
आईफोन फोल्डले उच्चतम ब्याट्री र मूल्यको साथ एप्पलको सबै रेकर्ड तोड्ने सम्भावना
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

यो वर्षको उत्तरार्धमा आईफोन १८ प्रो सिरिज र आईफोन एयर २ सँगसँगै अनावरण हुने अपेक्षा गरिएको आईफोन फोल्डमा अब आईफोन भित्र राखिएको सबैभन्दा ठूलो ब्याट्री हुने हल्ला छ।

फोल्डेबल फोनमा ५५०० एमएएच ब्याट्री हुने इन्स्ट्यान्ट डिजिटलले उल्लेख गरेको छ।

आईफोन १७ प्रो म्याक्स सबैभन्दा ठूलो ब्याट्री भएको हालको आईफोन मोडेल हो र डिभाइसमा ४८२३ एमएएच ब्याट्री समावेश गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

यदि इन्स्ट्यान्ट डिजिटलको अफवाह सही हो भने आईफोन फोल्डमा अब सामसङको ग्यालेक्सी जेड फोल्ड ७ र गुगलको पिक्सेल १० प्रो फोल्डमा भन्दा ठूलो ब्याट्री हुनेछ।

सामसङको ग्यालेक्सी जेड फोल्ड ७ मा ४४०० एमएएच ब्याट्री छ र गुगलको पिक्सेल १० प्रो फोल्डमा ५०१५ एमएएच ब्याट्री समावेश गरिएको छ।

सिलिकन–कार्बन (Si/C) ब्याट्री प्रविधिको प्रयोगको कारण फोल्डेबल डिभाइसहरूमा अब ठूलो क्षमताको ब्याट्री हुन सक्छ।

२,०००–२,५०० अमेरिकी डलरको सम्भावित मूल्यको साथ आईफोन फोल्ड अहिलेसम्मकै सबैभन्दा महँगो आईफोन मोडेल हुनेछ।

प्रकाशित: २० माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार