आईफोन फोल्डका विभिन्न आयामहरु रेन्डरमा लीक

Technology Khabar ५ पुष २०८२, शनिबार

आईफोन फोल्डका विभिन्न आयामहरु रेन्डरमा लीक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आईफोन फोल्ड अन्ततः पहिलो सीएडी–आधारित रेन्डरमा चित्रण गरिएको छ। केस र अन्य एक्सेसरिज निर्माताहरूको लागि बनाइएको सीएडी रेखाचित्रहरूले डिभाइसको धेरै असामान्य आयामहरू खुलासा गरेको छ।

पहिले अफवाह गरिएझैं एप्पलले भित्री स्क्रिन वर्गाकार नभएको सुनिश्चित गर्न चाहेको र फोन अनफोल्ड (खोल्दा) हुँदा ल्यान्डस्केप मोडमा परिणत हुनेछ। भित्री स्क्रिन वर्गाकार नभएको खण्डमा विकासकर्ताहरूलाई कुनै पनि परिमार्जन गर्न आवश्यक नपर्ने र पहिलो दिनदेखि नै आईप्याड एपहरूसँग अनुकूलता सुनिश्चित गर्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आईफोन फोल्डको भित्री फोल्डिङ्ग स्क्रिन डायगोनल्ली ७.७६ इन्चको हुनेछ भने २७१३×१९२० को रिजोल्युसन रहेको छ। कभर डिस्प्ले १४२२×२०८८ रिजोल्युसनसहितको ५.४९ इन्चको हुने र यो धेरै असामान्य एसपेक्ट रेसियो भएको उल्लेख गरिएको छ। आईफोन फोल्डको मापन फोल्ड गर्दा १२०.६ × ८३.८ × ९.६ एमएम हुन्छ भने अन–फोल्ड (खोल्दा) गर्दा १२०.६ × १६७.६ × ४.८ एमएम हुन्छ।

साथै मुख्य स्क्रिनमा एम्बेड गरिएको इन–डिस्प्ले सेल्फी क्यामराको रूपरेखा पनि देख्न सकिनेछ भने कभर डिस्प्लेले सेल्फी स्न्यापरको लागि प्वाल–होल पाउने उल्लेख गरिएको छ। आईफोन फोल्डमा आईफोन एयर जस्तो अण्डाकार आकारको बारमा व्यवस्थित दुई पछाडिका क्यामराहरू हुनेछन्।

आईफोन फोल्ड सेप्टेम्बरमा प्रस्तुत हुन सक्ने बताइए तापनि हालसालैका धेरै अफवाहहरूले यो डिभाइस २०२७ को सुरुवातसम्म बजारमा नआउने दावी गरेका छन्।

प्रकाशित: ५ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया