एप्पलले आईओएस २६.३ र आईप्याडओएस २६.३ को पहिलो सार्वजनिक बिटा जारी गर्यो

Technology Khabar ४ पुष २०८२, शुक्रबार

एप्पलले आईओएस २६.३ र आईप्याडओएस २६.३ को पहिलो सार्वजनिक बिटा जारी गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले मंगलबार प्रस्तुत गरेको विकासकर्ता–केन्द्रित रिलीज पछि बुधबार आईओएस २६.३ र आईप्याडओएस २६.३ को पहिलो सार्वजनिक बिटा आफ्नो बिटा कार्यक्रमको हिस्सा भएकाहरूका लागि उपलब्ध गराएको छ।
आईओएस २६.३ को साथ प्रयोगकर्ताले आफ्नो डाटा एन्ड्रोइड डिभाइसमा स्थानान्तरण गर्न सजिलो तरिका प्राप्त गर्नेछन्। साथै गुगलले एन्ड्रोइडमा पनि यो सुविधा थप गरिहेको छ।

ईयूमा तेस्रो–पक्ष वेयरेबलहरूको लागि नयाँ नोटिफिकेसन फर्वार्डिङ सुविधा उपलब्ध गराएको छ र यो सुविधाले आईफोनबाट तेस्रो–पक्ष डिभाइसमा नोटिफिकेसन (सूचनाहरू) फर्वार्ड गर्न अनुमति दिनेछ। ईयूद्वारा अनिवार्य गरिएको यो सुविधाले प्रयोगकर्तालाई तेस्रो–पक्ष वेयरेबलहरूमा नोटिफिकेसन (सूचनाहरू) प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ। एप्पलको हालको कार्यान्वयनले नोटिफिकेसन फर्वार्डिङ सक्रिय हुँदा एप्पल वाचमा नोटिफिकेसन (सूचनाहरू) देखा पर्न अनुमति दिँदैन।

वालपेपर ग्यालरीमा समर्पित वेदर सेक्सन (मौसम खण्ड) भित्र नयाँ वेदर (मौसम) वालपेपरहरू पनि उपलब्ध छन्। यो पहिले वेदर एण्ड एस्ट्रोनमी खण्डलाई छुट्टाछुट्टै वेदर (मौसम) र एस्ट्रोनमी (खगोल विज्ञान) खण्डहरूमा विभाजन गरिएको कारणले भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ४ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया