मेक्सिकोबाट बाहिरिने तयारीमा एटीएण्डटी, ग्रुपो टेलिभिसा प्रमुख खरिदकर्ता बन्ने सम्भावना

  • Technology Khabar | २९ मंसिर २०८२, सोमबार
मेक्सिकोबाट बाहिरिने तयारीमा एटीएण्डटी, ग्रुपो टेलिभिसा प्रमुख खरिदकर्ता बन्ने सम्भावना

काठमाडौं ।

मेक्सिकोको मिडिया समूह ग्रुपो टेलिभिसा आफ्नै टेलिकम शाखा इज्जीमार्फत एटीएण्डटी मेक्सिको खरिद गर्न सम्झौता मिलाउने अन्तिम चरणमा पुगेको छ। मेक्सिकन समाचार संस्था एल हाराल्डो डी मेक्सिकोका अनुसार वार्ता लगभग टुंगोमा पुगिसकेको छ।

रिपोर्टमा स्रोतबारे स्पष्ट उल्लेख नभए पनि एटीएण्डटीले मेक्सिकोबाट बाहिरिने सम्भावना लामो समयदेखि चर्चामा रहेकाले यो हल्ला विश्वसनीय मानिएको छ। गत अगस्टमा ब्लूमबर्गले दिएको जानकारीअनुसार अमेरिकी टेलिकम जायन्ट एटीएण्डटीले सम्भावित बिक्रीका लागि आफ्ना विकल्पहरू अध्ययन गर्दै सल्लाहकारहरूसँग काम गरिरहेको थियो।

त्यतिबेला सम्भावित खरिदकर्ताको रूपमा ग्रुपो टेलिभिसाको नाम अगाडि आएको थियो। टेलिभिसासँग पर्याप्त पूँजी छ र उसले १८ महिनाअघि स्काइ मेक्सिकोमा एटीएण्डटीको हिस्सा किनेपछि त्यसको पूर्ण नियन्त्रण लिएको थियो। इन्टरनेट र फोन सेवा सहित मेक्सिकन बजारमा टेलिभिसाको पहिले नै बलियो उपस्थिति रहेकाले एटीएण्डटी खरिदले उसलाई थप आकार र प्रभाव दिलाउन सक्ने आकलन गरिएको छ।

तर एटीएण्डटी मेक्सिको बिक्री सजिलो भने छैन। अमेरिका मोभिलको वर्चस्वका कारण मेक्सिकन टेलिकम बजार अत्यधिक प्रतिस्पर्धी छैन। यस्तो अवस्थामा एटीएण्डटी जस्तो ठूला अन्तर्राष्ट्रिय कम्पनीले पनि नाफा कमाउन नसक्नु अन्य सम्भावित खरिदकर्ताका लागि राम्रो सन्देश होइन।

एल हाराल्डो का अनुसार टेलिभिसा मात्रै नभई अमेरिकी लगानी कम्पनी सेरेब्रस क्यापिटल म्यानेजमेन्ट पनि पनि होडमा छ। यो बिक्री प्रक्रिया डोयच बैंकले सम्हालिरहेको दावी गरिएको छ। यद्यपि रिपोर्टले टेलिभिसालाई नै अग्रपंक्तिको दावेदार भनेको छ। कम्पनीहरूबीच सम्झौता भए कहिले घोषणा हुन्छ भन्नेबारे रिपोर्ट मौन छ। मूल्यको सन्दर्भमा एटीएण्डटी मेक्सिकोको मूल्यांकन ३ अर्बदेखि ४ अर्ब अमेरिकी डलरसम्म गरिएको उल्लेख छ, जुन ठूलो दायरा मात्र होइन, निकै महँगो पनि हो।

ब्लूमबर्गको अगस्ट रिपोर्टले भने एटीएण्डटीले यो सम्पत्तिका लागि २ अर्ब डलरभन्दा बढी चाहेको दावी गरेको थियो जुन अझ यथार्थपरक देखिन्छ। समाचार एजेन्सीले यही अनुमानलाई दोहोर्‍याउँदै एल हाराल्डोको रिपोर्ट उद्धृत गरेको छ। ग्रुपो टेलिभिसाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। “हामी सधैं धेरै सम्भावित कारोबारहरू विश्लेषण गरिरहेका हुन्छौं र जारी प्रक्रियाबारे टिप्पणी गर्दैनौं,” कम्पनीका प्रवक्ताले भने। यो स्पष्ट अस्वीकार भने होइन।

टेलिकम्स डटकमका अनुसार बजारले यो समाचारलाई सकारात्मक रूपमा लिएको देखियो। समाचार बाहिरिएपछि न्यूयोर्कमा ग्रुपो टेलिभिसाको सेयर मूल्य तीव्र रूपमा बढ्दै ३ डलरभन्दा माथि पुग्यो, जुन एक महिनामा पहिलोपटक र दुई वर्षभन्दा बढी समयमा दोस्रोपटक हो। यदि सम्झौता भयो भने, ग्रुपो टेलिभिसा मेक्सिकोमा एक किसिमले “पूर्ण चक्र” पूरा गर्नेछ। कम्पनीले यसअघि एटीएण्डटी को पुरानो पहिचानअन्तर्गत त्यहाँ हिस्सेदारी राखेको थियो।

टेलिभिसाले सन् २०१२ मा मोबाइल अपरेटर लुसासेल मा ५० प्रतिशत हिस्सा किनेको थियो। तीन वर्षपछि सह–स्वामित्वमा रहेको ग्रुपो सालिनासले त्यो हिस्सा किनेपछि सम्पूर्ण व्यवसाय एटीएण्डटीलाई २.५ अर्ब डलरमा बेचेको थियो। एटीएण्डटीले नेक्सटेलको मेक्सिकन व्यवसाय पनि १.९ अर्ब डलरमा खरिद गरी एटीएण्डटी मेक्सिकोमा समेटेको थियो।

एक दशक बितिसक्दा मेक्सिकोमा एटीएण्डटी प्रवेशले ल्याउने भनिएको प्रतिस्पर्धा धेरै हदसम्म सपना नै साबित भएको छ। एल हाराल्डोले उल्लेख गरेअनुसार कम्पनीले यो अवधिमा सकारात्मक नगद प्रवाह समेत सिर्जना गर्न सकेन। अब एटीएण्डटीको बहिर्गमन लगभग निश्चित देखिन्छ। प्रश्न केवल कहिले र कति रकम फिर्ता पाउँछ भन्ने मात्र हो। जे जति रकम आए पनि त्यो सम्भवतः अमेरिकास्थित घरेलु बजारमा कम्पनीको फाइबर विस्तारमा लगानी गरिनेछ।

प्रकाशित: २९ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २९ मंसिर २०८२, सोमबार