इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

  • Technology Khabar | २६ मंसिर २०८२, शुक्रबार
इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

काठमाडौं ।

चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ। यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ ले जानकारी दिएको छ।

नयाँ मोडल जीली स्ट्रारी ईएम–आइ (चीनमा जीली ग्यालेक्सी स्टारशिप ७) प्लग–इन हाइब्रिड इन्धन कार हो । यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छन्। इलेक्ट्रिक मात्र चलाउँदा कारले ८३ किलोमिटर यात्रा गर्न सक्छ भने दुवै इन्धन प्रयोग गर्दा ९४३ किलोमिटर सम्म यात्रा गर्न सकिन्छ।

यो कार शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ८ सेकेन्डमा पुर्याउन सक्छ र अधिकतम गति १७० किलोमिटर प्रतिघण्टा छ। जीली अटोले सन् २०२१ को अन्त्यमा इजरायल बजारमा प्रवेश गरेको थियो।

जीलीको ब्रान्ड जिकरका तीन इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन्।

यस वर्षको पहिलो ११ महिनामा चीनले बनाएका गाडीहरूले इजरायलमा सबैभन्दा बढी बिक्री गरेको देखिएको छ। यसमा पेट्रोल, हाइब्रिड इन्धन र पूर्ण इलेक्ट्रिक गाडीहरू मिलाएर ९६ हजार २०८ गाडीहरू बिक्री भएका छन्। रासस/सिन्ह्वा

प्रकाशित: २६ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...