भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना

  • Technology Khabar | २६ मंसिर २०८२, शुक्रबार
भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना

काठमाडौं ।

भोजपुर नगरपालिका–९ काफ्लेस्थित जनकल्याण आधारभूत विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको छ। विद्यार्थीहरुलाई समय सापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिदिएको हो।

१० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी उपलब्ध गराइ यहाँ सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौँका महासचिव सङ्केत कोइरालाले जानकारी दिए।

इ–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक योगराज लुइँटेलले बताए।

आवश्यकताका आधारमा विद्यालय समय र विद्यालयभन्दा अन्य समयमा समूह निर्माण गरेर प्रविधिमैत्री शिक्षण गराइने उनले जानकारी दिए। उनले भने, “सेन्टर स्थापनाले विद्यार्थीलाई समय सापक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज हुनेछ। अब हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिन्छौँ।” सबै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने उनको भनाइ छ।-रासस

प्रकाशित: २६ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • २६ मंसिर २०८२, शुक्रबार
Desktop Popup ImageMobile Popup Image×