
काठमाडौं ।
याङ्गो नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्ससँग साझेदारी गर्दै काठमाडौंमा याङ्गोका पार्टनर ड्राइभरहरूको बच्चाहरूका लागि विशेष क्रिकेट प्रशिक्षण सत्र सफलतापूर्वक आयोजना गरेको छ।
२० भन्दा बढी बालबालिकाहरूले लुम्बिनी लायन्सका खेलाडीहरू-तिलक भण्डारी, दुर्गेश गुप्ता तथा अन्य टोली सदस्यहरूको नेतृत्वमा सञ्चालन गरिएको रमाइलो र सहभागितामूलक प्रशिक्षण सत्रमा भाग लिए। सत्रका क्रममा बालबालिकाहरू क्रिकेटका आधारभूत सीपहरू सिके, विभिन्न अभ्यास ड्रिलमा सहभागी भए, र आफ्ना ‘क्रिकेट हिरो’ हरूसँग प्रत्यक्ष एक–एक गरेर समय बिताउने अवसर पाएका कम्पनीले बताएको छ।
याङ्गो नेपालका एक प्रतिनिधिले कार्यक्रममा खुसी व्यक्त गर्दै भनेः “याङ्गोमा हामी जे–जहाँ गर्छौँ, त्यसको केन्द्रविन्दुमा हाम्रो पार्टनर ड्राइभरहरू हुन्छन्। उनीहरूको परिवार र प्रियजनहरू पनि उस्तै महत्त्वपूर्ण छन्। यो प्रशिक्षण सत्र हाम्रो दैनिकरूपमा साथ दिने समुदाय प्रति कृतज्ञता प्रकट गर्ने एक माध्यम थियो।”
त्यसैगरी, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भनेः “यस उत्कृष्ट पहलमा याङ्गो नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ। युवाहरूलाई खेलकुदतर्फ प्रोत्साहित गर्नु हाम्रो मूल मूल्यहरूमध्ये एक हो, र याङ्गोका पार्टनर ड्राइभरका बच्चाहरूसँग समय बिताउनु अत्यन्तै सन्तोषजनक अनुभव रह्यो। उनीहरूको ऊर्जा र उत्साहले यस्ता कार्यक्रमहरू किन महत्वपूर्ण छन् भन्ने कुरा झन् प्रस्ट पारेको छ। आगामी दिनमा पनि हामी अझ बलियो समुदायमुखी कार्यक्रमहरू सँगै निर्माण गर्ने आशा गर्दछौं।”
प्रकाशित: १३ मंसिर २०८२, शनिबार