तीन महिनामा ४५ करोडमाथिको २ लाख हाराहारी राउटर आयात

  • Technology Khabar | १४ कार्तिक २०८२, शुक्रबार
तीन महिनामा ४५ करोडमाथिको २ लाख हाराहारी राउटर आयात
शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको तेस्रो महिना असोजभरीमा ४५ करोडमाथिको राउटरको आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोजसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ४५ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको १ लाख ८८ हजार ८२१ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

असोज महिनासम्म नेपालमा ४५ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको १ लाख ८८ हजार ८२१ थान राउटर आयात भएकोमा सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा ८ करोड ४५ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ४४ करोड ५० लाख २९ हजार रुपैयाँ बराबरको १ लाख ८८ हजार २९५ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट १ लाख २४ हजार बराबरको २११ थान, मलेसियाबाट ३ हजार बराबरको १ थान, कतारबाट १ हजार बराबरको ४ थान, अमेरिकाबाट २ लाख ७४ हजार बराबरको १ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट १२ लाख २५ हजार बराबरको ८० थान राउटर आएको छ।

यस्तो छ विवरण

क्र.सं.‌ देश विवरण रकम हजारमा
चीन १८८२९५ ४४५०२९
जर्मनी ८४१
भारत २११ १२४
लाट्भिया २१६ ३५२३
मलेसिया
कतार
साउदी अरेबिया
सिङ्गापुर
यूएई
१० बेलायत
११ अमेरिका २७४
१२ भियतनाम ८० १२२५

प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार